लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ
बुधबार, कार्तिक १३, २०८२ मा प्रकाशित

अभिनव कुमार पाठक

बर्दिया, कार्तिक १२/ ‎लागु औषध मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–७ का २४ वर्षीय अजय रैदासलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

जिल्ला अदालतले विसं २०८१ साल माघ २७ गते लागु औषध मुद्दामा रैदासलाई दुई महिना १३ दिन कैद र रु २ सय पीडित राहत कोषमा जम्मा हुने गरी फैसला गरेको थियो ।

अदालतले सजाय तोकेदेखि रैदास फरार रहेका थिए । खोजतलासको क्रममा प्रहरीले रैदासलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि जिल्ला अदालतमा पेश गरेको डीएसपी देवेन्द्र कुमार मल्लले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर