बुधबार, कार्तिक २०, २०८२
मा प्रकाशित
1780
Shares
अभिनव कुमार पाठक
बर्दिया, कात्तिक १९/ लागु औषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। गुलरिया नगरपालिका-११ गणेशपुर बाट लागू अवसर सहित दुई जनालाई मंगलबार पक्राउ गरेको हो।
भारतबाट नेपालतर्फ शङ्कास्पद रूपमा भे ८ प १८७२ नम्बरको मोटरसाइकलमा आइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा रुकुम पश्चिम मुसिकोट नगरपालिका-५ का २३ वर्षीय विकास परियार र मुसिकोट नगरपालिका-९ का २३ वर्षीय विनोद कठायत रहेका छन् ।
उनीहरूको साथबाट ४ ग्राम ६ सय ५० मिलिग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ फेला पारी आवश्यक कारबाहीको लागि बर्दिया जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरी नयाव उपरीक्षक देवेन्द्र कुमार मल्लले जानकारी दिए।

