बुधबार, कार्तिक २०, २०८२
मा प्रकाशित
1827
Shares
बर्दिया,कार्तिक १९ /औराही खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–७ बठनपुरका १२ वर्षीय अभिषेक बुढाको मंगलबार खोलामा डुबेर मृत्यु भएको हो ।
भदैली गाउँ स्थित औराही खोलामा डुबेर बालकको मृत्यु भएको ठाकुरबाबा नगरपालिका–७ का वडा अध्यक्ष कमल बहादुर बिष्टले बताए ।
‘साथीहरुसंग खोलामा नुहाउन गएको बेला दिउँसो सवा एक बजे बालक बेपत्ता भएका थिए,’अध्यक्ष बिष्टले भने,‘खोजतलासको क्रममा केही घण्टापछि घटना स्थल नजिकै बेपत्ता बालकको शव फेला परेको हो ।’

