शनिबार, कार्तिक २३, २०८२
मा प्रकाशित
1539
Shares
बर्दिया,कार्तिक २२ (फरकसमाचार)/आधारभूत नगर अस्पतालको अध्यक्षमा चिरन्जिवि योगी(भावुक) मनोनित भएका छन् । ठाकुरबाबा नगरपालिकाले आधारभूत नगर अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा योगीलाई शुक्रबार मनोनित गरेको हो ।
अस्पताल संचालन कार्यविधि २०७९ को दफा १० उपदफा १ बमोजिम अध्यक्ष पदमा योगीलाई मनोनित गरेको जनाएको छ ।
ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्साल र उप–प्रमुख बिना कुमारी भट्टराईले अध्यक्ष पदमा मनोनित गरेको पत्र योगीलाई हस्तान्तरण गरेका थिए ।
ठाकुरबाबा नगरपालिका–३, नेउलापुर घर भएका योगी उज्यालो सहकर्मी र रेडियो टाइगर एफएमका प्रबन्ध निर्देशक हुन् । उनी झण्डै दुइ दशक देखि पत्रकारिता क्षेत्रमा सकृय छन् ।

