मोटरसाइकल दुर्घटनामा एकको मृत्यु,एक घाईते
शनिबार, कार्तिक २३, २०८२ मा प्रकाशित

बर्दिया,कार्तिक २२(फरकसमाचार)/ मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर गुलरिया नगरपालिका–७ का ३० वर्षीय विकास यादवको शुक्रबार राती मृत्यु भएको हो ।

राजापुर देखि गुलरिय तर्फ आउँदै गरेको लु.प.०३००१ प ४१५७ नंम्बरको मोटरसाइकल अनियन्त्रित भई राजापुर नगरपालिका–१० जोगीपुर स्थित दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक अन्दाजी ३६ वर्षिय रामदल सोनी र पछाडि सवार यादव गम्भिर घाईते भएका थिए ।

घाईते दुवै जनालाई उपचारको लागि तत्काल राजापुर नगर अस्पताल पु¥याईएको थियो । राजापुर नगर अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि गुलरिया रिफर गरिएको थियो । घाईते दुवैलाई बर्दिया अस्पतालमा पु¥याउँदा यादवलाई चिकित्सकले मृत घोषणा गरेको डीएसपी देवेन्द्र कुमार मल्लले जानकारी दिए ।

यस्तै अर्का घाईते सोनीलाई थप उपचारको लागि शुक्रबार राति नेपालगंज रिफर गरिएको थियो । चालक सोनीको बायाँ हात,बायाँ खुट्टा र निधारमा चोट लागेको छ । थप उपचारको लागि सोनीलाई शनिबार बिहान लखनउ लगिएको पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय