लागु औषध अर्थात नसाको रुपमा प्रयोग हुने औषधी जसको सेवनले मानिसको मानसिक प्रक्रियामा आधातवा असर पु¥याउँछ । मूलतः विगतमा शौखिनहरुले आफ्नो इच्छ तुष्टि गर्ने हेतुले उत्पादन गरिएको पदार्थ जसमा सूर्ति, चुरोट, रक्सी, गाँजा, चरेस, अफिम, हेरोइन, स्पाज्मो, डाइजेपाम, कोडिन लगनयतका पदार्थहरु पर्दछन् ।
उल्लेख गरिएका सूर्ति,चुरोट,रक्सी आदिबदी परिश्रमद्धारा थकित मजदुर किसानले आफ्नो थकान तथा पीडा कमगर्न अनिचरेस,अफिम,हेरोइन ठुला शासक महान पुँजीपतिहरुले विलासिताको बस्तुको रुपमा उपयोग गरी चरम आनन्द प्राप्त गर्न उत्पादित गरिएका हुनभने स्पाज्मो, डाइजेपाम, कोडिन लगायतका औषधयुजका घाउ उपचारार्थ,सुत्केरी,शल्यक्रिया वा बढी पीडादायी पीडाहरु कम गर्नका लागि निर्माण गरिएकाहुन । प्रयोगको हिसाबले सुर्ति,चुरोत,रक्सीलाई वैध र गाँजा,चरेस,अफिम,कोकिन,स्पाज्मो,डाइजेपाम,कोडिनलाई अबैध गरी दुई वर्गमा विभाजन गरिएको छ ।
वर्तमान अवस्थामा अबैध लागुऔषधको प्रारम्भिक चरण हाम्रो वरिपरिको समाजमा खुल्ला रुपले प्रयोग हुने वैध लागु पर्दाथ नै हुन । र योे र यस्ता प्रकारका बस्तु तथा प्रदार्थ प्रयोग हुनुमा प्रथम त युवाहरुमा आत्मानिभरताको कमी साथै हाम्रो विकृति पूर्ण समाज केही खराब मित्रको संगत तथा स्कुल र कलेजबाट उचित शिक्षाको कमी नेपाल भारत वीचको खुल्ला सिमाना र राज्यको पनि कमी कमजोरी रहेको पाइन्छ । अहिलेको मूल्याङन गर्ने हो भने ७० प्रतिशत युवाहरु प्रत्यक्ष रुपमा लागु औषध प्रयोग गदै आइरहेका छन् ।
लागु औषध सेवन कर्ताले आफ्नो मानसिक सन्तुलन लुप्त भएको र यसको आवश्यकता पुर्ति गर्नेको निम्ति प्रयोग कर्ताहरुले जस्तोसुकै अपराधिककार्य गर्ने तत्पर रहन्छन जसको उढारण हामीले समाजको विभिन्न क्षेत्रहरुमा भेरहेको चोरी,डकैटी,लुटपाट,कुटपिट,हात्या,सवारी साधान एकान्त र सार्वजनिक स्थलमा महिला माथिदुव्र्यवहार साथै करणी जस्ता घृणित घटनाहरु सुन्दै आइरहेका छौ र यास्ता प्रकारका घटनाहरु केहीको स्वस्थ मनस्थितिर प्रलोभित दृष्टिकोणबाट घृणित भएतापनिअत्याधिक मात्रामा यसमा लागु औषध प्रयोग कर्ताको सक्रियता रहेको पाउने गर्दछौ ।
यस्तो अवस्थामा हामी सम्पूर्ण नेपालीहरु कसरी शान्त सौम्य सुन्दर समाजको परिकल्पना गर्ने सक्छौ त त्यसको निम्ति हामी केहीले मात्र सजगता अपनाउदैमा दुव्र्यसनी तथा समाजिकअपराध न्यूनिकरण हुन सक्दैन । त्यसैले समाजमा रहने हरेक सदस्यहरुले आ–आफ्नो स्थानबाट दायित्व निर्वाह गर्न जरुरी छ । हाम्रो समाजमा सामान्य मानिने लागु पर्दाथ नै उत्पादन नगरिदिने हो भने लागु पर्दाथ दुव्र्यसनीको संख्या कम हुन सक्छ ।
साथै स्कुल र कलेजहरुमा लागु पदार्थ औषधले पु¥याउने अनुचित मस्तिष्क प्रवाह र घट्न सक्ने घटनाहरुको पुर्व–जनकारी उचित सल्लाह सुझाव विश्लेषण सहितको पूस्तक समावेश गरी सोही अनुरुप शिक्षा प्रदान गर्नु अपरिहार्य छ । साथै नेपाल–भारत बीचको खुल्ला सीमा क्षेत्रका कारणले उत्पन्न समस्यालाई नियन्त्रण गर्नका लागि सीमा क्षेत्रमा कडाई गर्न आवश्यक छ । सीमाबाट थोरै संख्या वा मात्रामा निर्यात गरिने प्रयोगकर्तालाई नियन्त्रणमा लिने गदैमा समस्या समाधा नहुन सक्दैन । साथै सीमा क्षेत्रका ती व्यपारी जसले व्यपारको नाँउमा हजारौ युवालाई मृत्युको व्यपार गरिरहेको छन् । तिनिहरुलाई डण्डित गर्दै त्यस क्षेत्रबाट हटाउन पर्दछ । अझ मुख्य कुरा हाम्रो देशका युवाहरुमा भएको सिप,कला र योग्यताको कदर गदै सोही अनुरुप उनिहरुलाई स्वरोजगारीको व्यवस्था मिलाउनुपर्छ ।


