गुलरियामा एमालेको बृहत जनजागरण अभियान
बुधबार, कार्तिक २७, २०८२ मा प्रकाशित

बर्दिया, कार्तिक २६(फरकसमाचार)/ गुलरियामा नेकपा(एमाले)ले बृहत जनजागरण अभियान सभा सम्पन्न गरेको छ । एमाले गुलरिया नगर कमिटीको आयोजनामा मंगलबार बृहत जनजागरण अभियान सभा सम्पन्न भएको हो । एमाले पार्टी कार्यालयबाट निकालिएको ¥याली बजार परिक्रमा गरि गुलरिया नगरपालिका–६ राधाकृष्ण चोकमा कोणसभामा परिणत भएको थियो ।

¥यालीमा एमालेका नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो । ¥यालीमा सहभागि नेता तथा कार्यकर्ताले प्रतिगामी षड्यन्त्र मुर्दावाद, विघटन प्रतिनिधिसभा पुनस्र्थापना गर, नेकपा(एमाले) जिन्दावाद, हत्या हिंसा, आतंक बन्द गर, भदौ २३ र २४ गते भएको अपराधिक घटनाको निष्पक्ष छानबिन गरलागयतका प्ले कार्ड प्रदर्शन गरी नारा लगाएका थिए ।

कोणसभालाई सम्बोधन गर्दै देशका सबै पालिकामा सांकेतिक विरोधको रुपमा सिङ्गो एमाले सडकमा उत्रिएको एमालेका जिल्ला अध्यक्ष सालिकराम अधिकारीले बताए । ‘गत भदौ २३ गते युवाहरुले सुशासन, भ्रष्टचार अन्त्य र आम नागरिकले प्रयोग गरिरहेको सामाजिक संजाललाई संचालन गर्नका निम्ति आफ्ना आवाज बुलन्द गरेका थिए, त्यो आवाज नेपाली जनताको लागि स्वाभाविक थियो,’अध्यक्ष अधिकारीले भने,‘त्यो आवाजलाई एमालेले आत्मसाथ सम्मान गर्दछ,त्यो दुःखद घटना कसरी घट्यो, क–कसको संलग्नता छ, निष्पक्ष छानविन होस्, छानविनबाट एमालेका कुनै पनि नेताको संलग्नता भएको पुष्टि भयो भने हामी न्यायिक छानबिनको आधारबाट पुष्टि भएका घटनाक्रमलाई सहर्ष स्विकार गर्दै आफ्नो जिम्मेवारी पुरा गर्नेछौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर