बर्दिया, कार्तिक २८ / गुलरियामा नाटक आज प्रदर्शन हुदैछ । गुलरिया नगरपालिका–६ स्थित राधाकृष्ण चोकमा आज शुक्रबार साँझ नाटक प्रदर्शन हुने जनाईएको हो ।
बिहीबार साँझ साढे ६ बजे नाटक प्रदर्शन हुने कार्यक्रम तय भएको थियो । तर, प्राविधिक समस्याले बिहीबार साँझको नाटक प्रदर्शनको कार्यक्रम स्थगन भएको द्वन्द्व पीडित समिति बर्दियाका अध्यक्ष भागीराम चौधरीले बताए । शुक्रबार साँझ ४ बजे देखि ख्याती प्राप्त कलाकारहरुद्वारा नाटक प्रस्तुत हुने अध्यक्ष चौधरीले जनाए ।
शसस्त्र द्वन्द्वको बेला द्वन्द्वले पारेको प्रभाव र मानवीय सम्बन्ध समेटिएको नाटक द्वन्द्व पीडित समिति बर्दियाको समन्वय र मण्डला थिएटर नेपालको प्रस्तुति रहेको छ । उक्त नाटकमा विजय बराल, नाजिर हुसेन, सबिना थापा, रोहित शाह, सुजना पाण्डे, मनिषराज पाण्डे र रिसु राउतलगायतका कलाकार छन् ।
