बर्दिया,मंसिर १ / प्रशान्त किशोर भारतका एक प्रसिद्ध राजनीतिक बिश्लेषक हुन । उनले भारतका विभिन्न चुनावमा विभिन्न पार्टीहरूका लागि रणनीतिक काम गरेका छन् । पछिल्लो समय उनले “जनस्वराज“ नामक नयाँ पार्टी खोले र बिहारको हालैको चुनाबमा भाग लिए । मोदी र नितिश अनि राहुल र तेजस्वीहरुले गठबन्धन सहित चुनाबमा भाग लिइरहदा उनी कुनै पनि गठबन्धनमा गएनन ।
भ्रष्टाचार रहित सुशासन उनको चुनाबी एजेण्डा थियो । शराब निषेध, शिक्षा प्रणालीमा ठूलो सुधार, युवाका लागि रोजगारी सिर्जना र पलायन रोक्ने, बृद्ध नागरिकको पेंशन रु दुई हजार पु¥याउने,कृषि क्षेत्रमा ः ल्च्भ्न्ब् जोडेर निःशुल्क मजदुर उपलब्ध गराउने,महिला उद्यमशीलताका लागि चार प्रतिशत ब्याजदरमा कर्जा, पारदर्शिता र भ्रष्टाचार विरुद्ध कडा नीति अबलम्बन गर्ने, जात–राजनीतिका सट्टा विकास–केन्द्रित राजनीति अघि बढाउने, जनसंख्या अनुसार प्रतिनिधित्व, बिहारलाई आत्मनिर्भर राज्य बनाउने उनका थप राजनितिक एजेन्डा थिए ।
बिहारमा उनी पढेलेखेका राम्रा राजनितिज्ञ मानिन्छन । राम्रा बिश्लेषक पनि हुन । युवा नै हुन भन्दा हुन्छ । चुनाब हुनु अघि उनको एजेन्डा र पार्टीले सम्पुर्ण सामाजिक संजाल भरिएको थियो । उनको सुधारबादी नितिले पुराना पार्टीलाई राम्रै धक्का दिने अनुमान सबै राजनितिक बिश्लेषकहरुको थियो । तर परिणाममा उनको पार्टीले एक स्थानमा पनि बिजय हासिल गर्न सकेन ।
धेरै स्थानमा उनका उम्मेदवारहरुको जमानत जफत भयो । आलोचक हरुले उनी भाजपालाई सघाउन खडा गरिएका पात्र भनेर पनि भने । उनले कुल २४३ मध्य सायद २१६ सिटमा उम्मेद्वार उठाएका थिए । नराम्ररी पराजित हुनुमा धेरै कारणहरु होलान । पुराना पार्टीकोजरै देखिको जग भत्काउनु त्यो पनि बिहार जस्तो राज्यमा सहज कुरा पक्कै थिएन । वर्सौ देखिको पुरानाहरुको रजगज तेसै पक्कै सकिदैनथ्यो । प्रशासन, राज्य सम्यन्त्र, साधन श्रोत, सुरक्षा आदि सबैमा पुरानाकै होल्ड हुने नै भयो । शिक्षा र सचेतनाको हिसाबमा बिहार भारतको पिछडिएकै राज्यमा पर्दछ । जातिय/भाषिक/धार्मिक तथा सामुदायिक असर भारतमा कत्तिको पर्दछ हामीले अनुमान गर्न सक्छौ नै ।
अर्को तर्फ बिहारले बिगत केही बर्षमा उल्लेख्य प्रगती गरेको छ लगभग सबै क्षेत्रमा । मोदी र नितिशको नेतृत्वमा बिहारले नयाँ गति लिएको तथ्यांकहरुले देखाउछन । एक किसिमको आशा बिहारमा जागेको थियो । “जङ्गलराज र कट्टाराजको अन्त्य “ मोदी र नितिस जोडीको नारा नै थियो । यी विविध कारणहरु बिचबाट प्रशान्त किशोरलाई आफ्नो पार्टी खडा गर्नु बास्ताबमा चुनौती थियो । सामाजिक सन्जाल र भुइँको यथार्थता कहाँ एउटै हुन्छ र ?
नराम्ररी पछारिए प्रशान्त । हुनत भारतको बिहार र नेपालको राजनितिक चेत, अबस्था, जियो पोलिटिक्स, विभिन्न भाषिक तथा धार्मिक समुहहरु , नेतृत्व एउटै पक्कै छैन । थुप्रै भिन्नताहरु छन । देशको भूगोल र सार्भौमसत्ता नै फरक भएका देशको अबस्थामा तुलना नहोला तर राजनिती तथा शक्तिको भेलको धारमा तेत्ती धेरै भिन्नता हुदैन । हाम्रो देशमा पनि निर्बाचन घोषणा भएको छ । जेन्जी बिद्रोह पश्चात् एक किसिमको परिबर्तित अबस्थाको सिर्जना भएको छ । नयाँ राजनितिक दलहरु भकाभक गठन हुदैछन ।
पुरानामा पनि नयापनको बहस छेडिएको छ । सामाजिक संजाल तातेका छन । शून्य भ्रष्टाचार, सु–शासन, युवा सहभागिता आदि एजेण्डाहरु अगाडि आएका छन । राजनितिक सम्रचना र प्रणालीमै परिबर्तनका मुद्दाहरूपनि उठेका छन । असल मुद्दाहरु स्थापित गर्ने उपयुक्त समयको सिर्जना भएको पनि छ । तर परिबर्तनका मतहरु एकीकृत हुन सकिरहेका छैनन । परिबर्तनकारी शक्तिका मुद्दा उठाउने नाटक गर्दै कतिपयले पुनःसम्रचना र एकीकरणको स्वाङ्ग देखाइ रहेका छन । तरल नै छ अबस्था । अनि पुरानाको “ग्राउन्ड रियालिटी“ फेरिएको छैन । पात्र “प्रशान्त किशोर“ एक विम्ब नबनुन ।

