गोरखाको राजनीतिक रणनीति र भावी निर्वाचनको तयारी बारे रास्वपाको बृहत् छलफल ​
शुक्रबार, मङि्सर २०, २०८२ मा प्रकाशित

काठमाडौं,मंसिर १९ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा-काठमाडौं सम्पर्क बिभागले मंसिर १७ गते पार्टीको केन्द्रीय कार्यालय, घण्टीघरमा आगामी निर्वाचनमा सहभागि हुने सम्बन्धमा रणनीतिक छलफल कार्यक्रम सम्पन्न गरेको छ। ​

कार्यक्रममा पार्टीका केन्द्रीय महामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य एलिजा गुरुङ, केन्द्रीय संगठन बिभाग सचिव शंकर श्रेष्ठ, गोरखा-काठमाडौं सम्पर्क बिभागका प्रमुख साजन लामिछाने, पालुङटार-काठमाडौं सम्पर्क बिभागका प्रमुख गणेश अम्गाईं लगायत अन्य सम्पर्क बिभाग तथा नगर एवं पालिका सम्पर्क बिभागका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु र गोरखाको भूगोलमा पदिय जिम्मेवारीमा रहेका व्यक्तित्वहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। ​

छलफलमा गोरखाको वर्तमान राजनीतिक गतिविधि, स्थानीय स्तरमा संगठन विस्तार, राजनीतिक रणनीति र निकट भविष्यमा हुन गइरहेको संघीय आमनिर्वाचनको तयारीका सम्बन्धमा सामूहिक रायसुझाव सहितको गहन विमर्श भएको थियो। ​यसै क्रममा सहभागीहरूले जनमुखी, मिलनसार, क्षमतावान र शान्त स्वभावका केन्द्रीय महामन्त्री बुर्लाकोटीलाई गोरखा जिल्लामा आफ्नो घुमघाम बढाउनु पर्ने र स्थानीय जनताको माग रहेको भन्दै सुझाव दिएका थिए।

महामन्त्रीज्यूले आफू जिल्ला भ्रमणमा गइरहेको र अब पनि छिट्टै आउने बताउनुभयो। साथै, पार्टीको महामन्त्रीको रूपमा देशव्यापी जिम्मेवारी रहेको कुरा समेत स्पष्ट पार्नुभएको थियो। ​उक्त कार्यक्रमले गोरखा जिल्लामा रास्वपाको सांगठनिक सुदृढीकरण र चुनावी तयारीलाई थप गति प्रदान गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय