‘देशको रक्षा गर्ने पार्टी नेपाली कम्युनिष्ट पार्टी हो’
आइतबार, मङि्सर २२, २०८२ मा प्रकाशित

बर्दिया,मंसिर २१(फरकसमाचार) / अब देशको नेतृत्व, संरक्षण र रक्षा गर्न सक्ने पार्टी नै नेपाली कम्युनिष्ट पार्टी निर्माण भएको बामदेव गौतमले बताएका छन् । गुलरियामा शनिबार आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै गौतमले यस्तो बताएका हुन् ।

यतिबेला नेपाली कम्युनिष्ट पार्टीले सबैको विश्वास जितेको गौतमले बताए । ‘पाँच वटा पार्टीले सुरु गरेको एकतामा अहिले १७ वटा पार्टी एकिकृत भईसकेका छन् ।’ देशको ठुलो शक्तिको रुपमा नेपाली कम्युनिष्ट पार्टी निर्माण भएको छ । अब पुरानो व्यवस्था परिर्वतनको लागि पार्टीमा तपाईहरु पनि सामेल हुनुपर्ने उनले भनाई राखे ।

५८ वर्षको रानीतिक यात्राको अधिकांश समय कम्युनिष्ट पार्टी निर्माणमा बिताएको गौतमको दावी छ । ‘कम्युनिष्टहरु इमान्दार हुन्छन्, आफ्नो गल्ती स्विकार गर्छन्, तर जो नक्कली कम्युनिष्ट हुन्छ त्यसले आफ्नो गल्ती स्विकार गर्दैन’गौतमले भने,‘विगतको गल्ती स्विकार गरेर म सच्चा कम्युनिष्ट बन्न चाहन्छु किन भने गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले हामी पनि विगतमा गल्ती गरेको आभास भईसकेको छ र अब सच्चिएर अघि बढ्नुपर्छ ।’ ‘हामीले विगतमा गरेको गल्तीलाई स्विकार गर्दै अघि बढ्ने तयारीमा छौं ।
एकता सन्देश सभामा भिम बहादुर रावल र शक्ति बहादुर बस्नेतलगायका नेताहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय