आज जयनगरमा चिया पियाउँने कार्यक्रम हुँदै
शुक्रबार, पुष ०४, २०८२ मा प्रकाशित

कृष्ण प्रसाद भुसाल

बर्दिया, पौष ४/ निःशुल्कमा चिया पियाउँने र चियापत्तीको स्वाँद चखाउँने कार्यक्रमको दोस्रो दिन बारबर्दिया नगरपालिकाको जयनगरमा आयोजना गरिएको छ । जयनगर बजारमा ‘सुत्र गोल्ड मसला टी’ले आज शुक्रबार चिया पियाउँने कार्यक्रम आयोजना गरेको हो ।

निःशुल्कमा चिया पिउनुस् र पैसा कमाउनुस् ‘सुत्र गोल्ड मसला टी’का संचालक बसन्त न्यौपानेले बताए । ‘आज दिउँसो १२ बजेदेखि ५ बजेसम्म चिया खुवाउने कार्यक्रम छ,’उनले भने,‘बिहीबार गुलरिया नगरपालिका–११ गणेशपुर स्थित आयोजित कार्यक्रमा ५ सय बढी कप चिया निःशुल्कमा पियायौं ।’

सुत्र गोल्ड मसला चिया सम्बन्धि टिकटक र फेसबुकमा भिडियो पोष्ट गरेर पैसा पनि कमाउन सकिने जनाईएको छ । सुत्र गोल्ड मसलाको टिकटक र फेसबुक आइडी फलो गरी त्यस सम्बन्धि भिडियो बनाएर ट्याग गरी पोष्ट गर्दा पुरस्कार जित्न सकिनेछ ।

उत्कृष्ट भिडियो बनाएर प्रथम हुनेले पुरस्कार रु १०, दोस्रो रु ५ र तेस्रो हुनेले रु ३ हजार पुरस्कार जित्न सक्नेछन् । यसको रिजल्ट प्रत्येक महिनाको अन्तिम शनिबार प्रकाशित हुने जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर