आइतबार, पुष ०६, २०८२
मा प्रकाशित
1409
Shares
अभिनव कुमार पाठक
बर्दिया,पौष ६ / गुलरियामा नेपाल प्रिमियम लिग (एनपीएल) को ट्रफी प्रदर्शन गरिएको छ । गुलरिया नगरपालिका–६ जिल्ला प्रहरी कार्यालय स्थित गणेशमान चोक र गुलरिया नगरपालिका–७ बगलामुखी मन्दिरमा शनिबार लुम्बिनी लायन्सले एनपीएल ट्रफी प्रदर्शन गरेको हो ।
एनपीएलकोे दोस्रो संस्करणमा लुम्बिनी लायन्स विजय भएपछि विभिन्न ठाउँमा एनपीएल सिजन–२ को ट्रफी प्रदर्शन गरेको छ ।
सोही क्रममा शनिबार गुलरिया पुगेको ट्रफीसहितको लायन्सका प्रतिनिधिलाई बगलामुखी मन्दिरमा निर्माण व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष बिमल केसीले स्वागत गरेका थिए ।

