बिहिबार, पुष १०, २०८२
मा प्रकाशित
1476
Shares
बर्दिया,पौष १०(फरकसमाचार)–लागु औषध मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । मधुवन नगरपालिका–९ का ३० वर्षीय मनोज सुनारलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
विस २०८१ साल कात्र्तिक ४ गते अदालतले सुनारलाई लागु औषध मुद्दामा ९ महिना २४ दिन कैद सजाय तोकेको थियो ।
अदालतले सजाय तोकेदेखि सुनार फरार रहेका थिए । लुकीछिपी बसिरहेको अवस्थामा सुनारलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।

