बबई नदीमा दश घडियाल छोडियो
बिहिबार, पुष १०, २०८२ मा प्रकाशित

बर्दिया,पौष १० / बबई नदीमा दश घडियाल छोडिएको छ । परेवा ओढार स्थित बबई नदीमा बुधबार बिहान घडियाल छोडिएको हो । बर्दिया राष्ट्रिय निकुन्जको मुख्यालय ठाकुरद्वारा स्थित घडियाल प्रजनन् केन्द्रमा हुर्किएका दश घडियाललाई प्राकृतिक बासस्थानमा छोडिएको जनाईएको छ ।

चार वर्षका पाँच पोथी र पाँच भाले गरि दश घडियाल गोहीलाई प्राकृतिक बासस्थानमा छोडिएको बर्दिया राष्ट्रिय निकुञ्जका सुचना अधिकारी सरोज मणी पौडेलले बताए ।

सुचना अधिकारी पौडेलका अनुसार निकुञ्जको मुख्यालय स्थित घडियाल गोही प्रजनन् केन्द्रमा अझै १ सय ३० घडियाल गोही रहेका छन् । संघिय वन तथा वातावरण मन्त्रालयका सचिव गोविन्द प्रसाद शर्मा, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेद कुमार ढकालको उपस्थितीमा घडियाल गोहीलाई प्राकृतिक वासस्थानमा छोडिएको निकुञ्जले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय