चितुवाको आक्रमणबाट महिलाको मृत्यु
बिहिबार, पुष १०, २०८२ मा प्रकाशित

अभिनव कुमार पाठक

बर्दिया, पौष १०/ चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका–१० की ५० वर्षीया पार्वती डाँगीको चितुवाको आक्रमणबाट बुधबार दिउँसो मृत्यु भएको हो ।

फेनापति सामुदायिक वनमा घाँस काट्न गएको बेला चितुवाले आक्रमण गर्दा घटना स्थलमै महिलाको ज्यान गएको डीएसपी देवेन्द्र कुमार मल्लले जानकारी दिए ।

यस्तै गत बुधबार चितुवाको आक्रमणमा परी बारबर्दिया नगरपालिका–१० डफैयाका ३२ वर्षीय दिनेश थारुको ज्यान गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय