‘बाघ गणना मार्फत विस्तृत अध्ययन गर्न सक्छौं’
बिहिबार, पुष १०, २०८२ मा प्रकाशित

बर्दिया,पौष १० / बर्दिया राष्ट्रिय निकुञ्जको मुख्यालय ठाकुरद्वाराबाट बुधबार देखि बाघ गणनाको औपचारिक सुरुवात गरिएको छ । बर्दिया र बाँके निकुञ्जमा आश्रित पाटे बाघको एकिन तथ्याकं तीन महिना भित्र आईसक्ने निकुञ्जको आँकलन छ ।

बाघ गणना अवसर मात्रनभई यस भित्र बाध्यता लुकेर रहेको वन तथा वातावरण मन्त्रालयका सचिव गोविन्द प्रसाद शर्माले बताए ।
उनका अनुसार बाघको गणनाबाट सबै किसिमका तथ्यांक र ईकोलोजिक अवस्थाको विस्तृत अध्ययन गर्न सकिने छ ।

बाघ गणना गर्दा बाघ बढे भने नागरिकलाई के फाईदा वा घटे भने पनि के हुने भन्ने प्रश्न बिचमा बाघ गणनाको रिजल्टबाट दिगो संरक्षणका लागि मार्ग प्रस्ट हुने उनको भनाई थियो ।

‘प्रोक्टेक्ट नेचर, प्रोक्टेक्ट अल भन्ने हो,’उनले ‘हामीले सबै प्रकारका प्रकृतिको संरक्षण गर्न जरुरी छ, चाहे त्यो पुतलि होस वा माटो ।’
संसार भरमा १३ वटा देशमा मात्र बाघ पाईने उल्लेख गर्दै अति दुर्लभ वन्यजन्तु बाघ भएकाले बाघ गणनाको रिजल्टबाट तथ्याकं बिश्लेषण, ईकोलोजिक, प्रेडिस्प्रशन ईकोलोजिक सर्भिसका अध्ययन गर्न सकिने उनले जानकारी दिए ।

पछिल्लो समय निकुन्जको कोर क्षेत्र भन्दा बाहिर बाघको आवागमनले मानव र वन्यजन्तु विच द्धन्द्ध भईरहेको छ । वस्ती नजिकमा बस्ने बाघले मानिसलाई आक्रमण गर्ने प्रबृति बढ्दै गएपछि बस्ती त्राहिमान छ । किन निकुञ्जको कोर एरिया बाहिर बाघको बासस्थान बनिरहेको बिषयमा संरक्षणकर्मीले चिन्ता व्यक्त गरेका छन् । चार बर्षमा गरिने बाघ गणनालाई अडिटका रुपमा लिने गरेको वन्यजन्तु संरक्षण बिभागका उपमहानिर्देशक बेद कुमार ढकालले बताए ।

उनका अनुसार लगातार संरक्षणमा धेरै खर्च हुने भएकाले बाघ गणनामा लगानी सदुपयोग भयो कि भएन भन्ने गणनाबाट हिसाब निकाल्न सजिलो हुन्छ । ‘सेफ्टी फस्ट भएकाले पहिला मानवको मूल्यमान्यतालाई प्राथामिकतामा राखेर काम गर्छौ,’उनले भने, ‘कहिले काहि घट्ने घटनालाई दुर्घटना सम्झनुको विकल्प छैन ।’ धेरैलाई जोगाउन भनेको बाघलाई बचाउँनु हो भन्ने नै हो । बाघलाई बचाउँदा यसका आहारा प्रजाति लगायत सारा जोगिएको बुझ्नु पर्ने उनको भनाई छ ।

बाघ गणनाको लागि दक्ष जनशक्ति परिचान गरिने बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामले जनाए । निकुञ्ज क्षेत्र भित्र पर्ने दाङ जिल्लामा एउटा बल्क राखिने भएको छ । बाघ गणनामा खटिने प्राबिधिकलाई थप तालिमको प्रबन्ध मिलाईएको निकुञ्जले जनाएको छ ।
बाघ गणनाको ६ वटा बल्क राखिएको छ । दुबै साईडबाट ४ सय ५० क्यामेराले बाघको तस्बिर कैद गर्ने निकुञ्जको भनाई छ । दुबै साईडको बाघको पाटा हेरेर मात्र एकिङ तथ्याकं निकालिने छ ।

बाघ गणनाको उद्घाटन वन तथा बातावरण मन्त्रालयका सचिव गोविन्द प्रसाद शर्माले गरेका थिए । बर्दिया निकुञ्ज बाहेक खाता जैविकमार्ग र आसपासका क्षेत्रमा बाघको गणना हुने भएकाले क्यामराको चोरी हुने जोखिम बढेको कर्मचारीको भनाई छ । बाघ गणना २१ दिनसम्मचल्ने छ । बर्दियामा १ सय २५ वटा बाघ छन् । बाघको संख्या बढेसँगै मानव र वन्यजन्तु द्धन्द्ध बढ्दा संरक्षणमा चुनौति बढेको छ । सडक दुर्घटना,चोरी शिकारी, मानव र वन्यजन्तु द्धन्द्ध कायम रहदा बाघ संरक्षण चुनौतिको रुपमा देखिएको छ ।

निकुञ्जका अनुसार ५६ जना निकुन्ज कर्मचारी बाघ गणनामा परिचालित हुदैछन् । बाहिरी घेराबाट निकुन्ज सुरक्षाका लागि खटिएका सेना परिचालन गरिनेछ । तीन वटा हात्ती परिचालन गरिने निकुन्जका प्रमुख संरक्षण अधिकृत अशोक रामले बताए । स्रोत नागरिकन्युज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय