शुक्रबार, पुष ११, २०८२
मा प्रकाशित
1750
Shares
बर्दिया, पौष ११ / दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी बाँसगढी नगरपालिका–६ का २७ वर्षीय राजेश थारुको बिहीबार बिहान मृत्यु भएको हो ।
बाँसगढी नगरपालिका–४ स्थित महेन्द्र राजमार्गमा रोकिरहेको सुप्रप ०२००१ ख ११८८ नम्बरको ट्रकमा भे ११ प ४६३१ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।
दुर्घटना हुँदा मोटरसाइकल चालक थारु सख्त घाइते भएका थिए । घाईते थारुलाई उपचारको लागि बर्र्दिया पु¥याईएको र उपचारको क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

