कृष्ण प्रसाद भुसाल
बर्दिया, पौष ११/ निःशुल्कमा चिया पियाउँने र चियापत्तीको स्वाँद चखाउँने कार्यक्रम पर्वतिया मन्दिर स्थित आयोजना गरिएको छ । गुलरिया नगरपालिका–१ पर्वतिया मन्दिर स्थित ‘सुत्र गोल्ड मसला टी’ले आज शुक्रबार चिया पियाउँने कार्यक्रम आयोजना गरेको हो ।
निःशुल्कमा चिया पिउनुस् र पैसा कमाउनुस् ‘सुत्र गोल्ड मसला टी’का संचालक बसन्त न्यौपानेले बताए । चिया पियाउने कार्यक्रम दिउँसो १२ बजेदेखि ५ बजेसम्म चल्नेछ । बिहीबार ठाकुरबाबा नगरपालिकाको बग्नाहा बजारमा आयोजित चिया पियाउने कार्यक्रममा ३ सय जनालाई निःशुल्कमा चिया पियाईएको जनाईएको छ ।
सुत्र गोल्ड मसला चिया सम्बन्धि टिकटक र फेसबुकमा भिडियो पोष्ट गरेर पैसा पनि कमाउन सकिने जनाईएको छ । सुत्र गोल्ड मसलाको टिकटक र फेसबुक आइडी फलो गरी त्यस सम्बन्धि भिडियो बनाएर ट्याग गरी पोष्ट गर्दा पुरस्कार जित्न सकिनेछ । उत्कृष्ट भिडियो बनाएर प्रथम हुनेले पुरस्कार रु १०, दोस्रो रु ५ र तेस्रो हुनेले रु ३ हजार पुरस्कार जित्न सक्नेछन् । यसको रिजल्ट प्रत्येक महिनाको अन्तिम शनिबार प्रकाशित हुने जनाईएको छ ।

