सामाजिक सन्जाल, आजको डिजिटल युगमाहाम्रो जीवनको अभिन्नअंगबन्नपुगेको छ । यसले मानिसहरुलाई जोड्ने मात्रहोईन संसारलाई नै सानो बनाई दिएको छ । सामाजिक सन्जालविचार, जानकारी र संस्कृतिको आदान–प्रदान गर्ने सजिलो माध्यमपनि बनेको छ । तर, सामाजिक सन्जालको प्रयोगले सकारात्मक र नकारात्मकदुबैप्रकारको प्रभावसमाज र मानिसको व्यवहारमापनिल्याएको छ।
सामाजिक सन्जालको संक्षिप्त इतिहास :
सामाजिक सन्जालको प्रारम्भिक चरण (१९७०–८०) मा कम्प्युटर नेटवर्क र बुलेटिन बोर्ड सिस्टम (BBS) प्रयोगकर्तालाई सन्देश आदानप्रदान गर्न सक्षमबनायो । १९९० को दशकमा AOL,CompurServe, IRC-Internet Realay Chat जस्ताप्ले टफर्मले अनलाईन च्याट र समुदाय निर्माणको आधार तयार ग¥यो । सामाजिक सन्जालको शुरुवात १९९७ मा Six Degrees.com बाट भएको मानिन्छ । यसले प्रयोगकर्तालाई प्रोफाईल बनाउन र साथीहरुसंग जुट्न अवसर दिएको थियो । त्यसपछि Friends6er, MySpace जस्ता प्लेटफर्म आए । २००४ माँ Facebook शुरु भएपछि सामाजिक सन्जालले विश्वव्यापी लोकप्रियता पाएको थियो । त्यसपछि Twitter, Instagram,Snapchat, TikTok जस्ता नयाँ प्लेटफर्महरुले छोटो सामाग्री, फोटो र भिडियो साझा गर्ने संस्कृतिलाई बढावा दियो । आजकरिव ५.२४ अरब भन्दा बढी प्रयोगकर्ताहरु सामाजिक सन्जालमा जोडीएका छन । सामाजिक सन्जाल व्यक्तिगत संवादको लागि मात्र नभएर राजनीति, व्यापार, शिक्षा र मनोरन्जनलगायत सबै क्षेत्रमा प्रभावशाली बनेको छ ।
सामाजिक सन्जालकाफाइदा :
– साथीवा सहकर्मीहरुसंग, परिवार र अन्यकुनै कामको लागि सहज तरिकाले सम्पर्क र संचार गर्न सकिन्छ ।
– नयाँविचार, शैक्षिक सामाग्री, समाचारहरु र कुनै पनि जानकारी हरु तुरुन्तै प्रचार प्रसार गर्न सकिन्छ वा जानकारी दिन सकिन्छ ।
– रोजगारीको खोजी गर्न, ब्रान्डको प्रमोशन गर्न, कुनै बस्तु, कम्पनी वा नयाँ उत्पादनको बारेमा जानकारी पाउनवा प्रसारण गर्न सकिन्छ ।
– सकारात्मक ढङ्गले जनचेतना फैलाउने, सामाजिक न्यायका मुद्धाहरुलाई उठाउन,े शैक्षिक ज्ञान दिन सक्ने, अन्याय,अत्याचार तथा कुरुतिको विरुद्ध चेतना फैलाउन सकिने प्लेटफर्मको रुपमा सामाजिक सन्जालको सहि प्रयोग गर्न सकिन्छ ।
सामाजिक सन्जालका बेफाइदा :
– सामाजिक सन्जालको अत्यधिक प्रयोगले चिन्ता, तनाव, मानसिक चिन्ता वा आत्मसम्मानमा प्रभाव पार्न सक्छ । यसको लतलाग्यो भने मान्छेमा धेरै प्रकारका स्वास्थय सम्वन्धि समस्याआउन सक्छ ।
– खाताह्याक हुने, व्यक्तिगत डाटाको दुरुपयोग हुने र गोपनियताको जोखिम बढ्न सक्छ ।
– गतल सूचना र अफवाहले भ्रमसिर्जना गर्न सक्छ । मानिसहरुको आत्मसम्मानमा चोट पुग्नुका साथै समाजमा गलत सुचना प्रवाह गर्दा समाज द्वन्द्वमा फस्न सक्छ ।
– सामाजिक सन्जालको दुरुपयोगले बास्तविक जीवनको सम्वन्ध कमजोर हुनगई सामाजिक दूरी बढनुका साथै जीवनवर्वाद हुन सक्छ ।
निष्कर्ष :
सामाजिक सन्जालको सकारात्मक प्रयोगबाट कति फाइदा लिन सकिन्छ वा नकारात्मक प्रयोगले कति धेरै फाइदा हुन सक्छ भन्ने कुरा हामी सबैलाई विदितै छ । अहिले विश्वव्यापी रुपमा सामाजिक सन्जालले जति धेरै समाज र व्यक्तिहरुलाई लाभावान्तित बनाएको छ, त्यति नै पिडित र मानसिक रोगी पनि बनाएको यथार्थ हामी सामु छर्लङ्गगै छ ।
हामीले राम्रा विषय बस्तुका बारेमा जानकारी पनि पाइरहेका छौ भने गोयवल्सशैलीमा भएका प्रचारले भ्रमित पनि भएका छौ । त्यसको ज्वलन्त उदाहरण एशियामुलुकमा भएका घटना–परिघटनाले प्रष्ट देखाएको छ । सामाजिक सन्जालको अनुगमन, दर्ता प्रणालीलाई व्यवस्थित गर्न नेपाल सरकारले चालेको कदमको विरुद्ध आन्दोलन हुँदा देश नै आगोको ज्वालामादन्किनपुग्यो ।
हामीले देखि रहेका छौ आफुलाई चित्तबुझेन भने आफ्नामनका भडासहरु सामाजिक सन्जालमार्फत अभिव्यक्त गर्ने गरेका छौ । जिम्मेवार मान्छेहरुले समाजलाई भाड्ने खालका भनाईहरु पोष्ट गरेको देखेको छौ । अरुको मानमर्दन, वेइज्जत तथा गोपनियता भङ्ग गरेको पनि पाएका छौ । समाजमा भद्र देखिएका मानिसहरु, कुनै सांगठनिक पदमा बसेका जिम्मेवार व्यक्तिहरु आफुलाई सहि लागेन भने सामाजिक दायित्वलाई नै विर्सेर जथा भाविगालिगलौज, निकृष्ट भनाइहरु सामाजिक सन्जालमार्फत प्रेषित गरेको पाइन्छ ।
मलाई के मन पर्छ भन्नु भन्दापनिलाखौं सामाजिक सन्जाल पढने प्रयोगकर्ताले के र कसरी बुझ्लानभन्ने सम्झेर भनाई प्रस्तुतगरियो भने मानमर्दन हुन बाट बँच्न सकिन्छ भन्ने हेक्काराख्दा राम्रै हुन्छ जस्तो लाग्छ । यसर्थ, राज्यले सामाजिक सन्जाललाई अनुशासित, मर्यादितबनाउन नेपालको संविधानले प्रदत्त गरेको कानूनीघेराभित्रल्याउनु पर्छ ।
आधुनिकजीवनको अपरिहार्य हिस्सा बनेको छ,सामाजिक सन्जाल । यसले सूचनाप्राप्त गर्ने, ज्ञान प्राप्त गर्ने प्रयाप्तअवसर दिएको छ । तर, यसबाट हुने बेफाइदाबाट बँच्न सचेत भएर प्रयोग गर्नु पर्छ भन्ने यथार्थ पनिविर्सिनु हुँदैन । सकारात्कढङ्गले सामाजिक सन्जालको प्रयोग गर्न सकियो भने यसले हाम्रो जीवनलाई अझै समृद्ध र गुणवान बनाउन सक्छ । यसर्थ, सामाजिक सन्जालको प्रयोग गर्दा आफ्नो सामाजिकदायित्व, मर्यादाको ख्याल राख्नु पर्छ ।
अन्तमा,कार्र्ल माक्सको एउटा भनाईबाट विट मार्न चाहान्छु :
“कसैको गुण र अवगुणको चर्चा परिचर्चा गरेर समयखेर फाल्नु भन्दा, त्यो व्यक्तिमा रहेको गुणलाई आफ्नो व्यवहारमाउतार्न सिक.”

