राजापुरबाट घाईते चितुवा नियन्त्रण
सोमबार, पुष १४, २०८२ मा प्रकाशित

बर्दिया,पौष १४ / राजापुरबाट घाईते भाले चितुवालाई डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको छ । राजापुर नगरपालिका–१० कर्मोनी स्थितबाट डिभिजन वन कार्यालयले आइतबार बिहान घाईते चितुवालाई नियन्त्रणमा लिएको हो ।

खेतमा देखिएको घाईते चितुवालाई राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोलीले डार्ट गरि नियन्त्रणमा लिईएको डिभिजन वन कार्यालयका सुचना अधिकारी शिवबहादुर केसीले बताए । ‘दुई वटा चितुवा एकआपसमा जुधेर घाईते भएको हुन सक्ने अनुमान गरिएको छ,’उनले भने,‘घाईते चितुवालाई डिभिजन वन कार्यालयमा राखी उपचार भईरहेको छ, निको भएपछि चितुवालाई प्राकृतिक बासस्थानमा छोडिने योजना छ ।’

राजापुर नगरपालिका–१० कर्मोनीका ५२ वर्षीय हेमराज बुढाथोकी घर नजिकै गोठमा गाई गोरुलाई बाँधेर फर्किने बेला शनिबार चितुवाले आक्रमण गरी घाईते बनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय