आगजनी घटनामा संलग्न दश जनाको विरुद्धमा मुद्दा दर्ता
सोमबार, पुष १४, २०८२ मा प्रकाशित

बर्दिया, पौष १४(फरकसमाचार) / घरमा आगजनी गरेको आरोपमा दश जनाको विरुद्धमा प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको छ ।

गत बिहीबार राति गुलरिया नगरपालिका–१० प्रसिया स्थित संदाम बेहनाको घरसहित पाँच घरमा आगजनी गरेको आरोपमा दश जनाको विरुद्ध प्रहरीमा किटानी जाहेरी परेको थियो ।

दश जनाको विरुद्धमा ज्यान मार्ने उद्योग र अपराधिक लाभको मुद्दा दर्ता भएको डिएसपी देवेन्द्र कुमार मल्लले बताए । ‘पाँच जनाको पहिचान गरि पक्राउ पुर्जी लिई नियन्त्रणमा लिईसकेका छौं,’डिएसपी मल्लले भने,‘अन्य पाँच जनाको पहिचान भईरहेको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय