बुधबार, पुष १६, २०८२
मा प्रकाशित
1016
Shares
बर्दिया,पौष १५(फरकसमाचार) / बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बाघको आक्रमणबाट मधुवन नगरपालिका–२ की १७ वर्षीया बिनिता परियारको मंगलबार दिउँसो मृत्यु भएको हो ।
घर नजिकै कोठिया सामुदायिक वनमा घाँस काट्न गएको बेला दिउँसो १ बजे बाघले आक्रमण गरी परियारलाई बेपत्ता बनाएको थियो ।
खोजतलासको क्रममा साढे १ बजे जंगलमा परियार घाईते अवस्थामा भेटिएकी थिईन् । उनलाई तत्काल उपचारका लागि बर्दिया अस्पताल पु¥याईएको थियो ।
उपचारको क्रममा परियारलाई चिकित्कसले मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक देवेन्द्र कुमार मल्लले जानकारी दिए ।

