त्रिशूली नदीमा बर्दियाका दुई जना बेपत्ता
आइतबार, पुष २०, २०८२ मा प्रकाशित

बर्दिया,पौष २० / त्रिशूली नदीमा बर्दियाका दुई जना बेपत्ता भएका छन् । चितवनको इच्छाकामना–४ स्थित कुरिनघाटको झोलुङ्गे पुल नजिकैको त्रिशूली नदीमा नुहाउने क्रममा बर्दियाका दुई जना शनिबार बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा त्रिशूली हाइड्रोपावर आयोजनामा काम गर्ने बर्दियाको गेरुवा गाउँपालिका–२ बनसरा बस्ने २१ वर्षका शंकर चौधरी र राजापुर नगरपालिका–३ नर्सरीपुरवाका २२ वर्षीय सौरभ थारु नुहाउने क्रममा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

उनीहरु दुबै जना सिइ कन्ट्रक्सन प्रालिमार्फत आयोजनमा काम गर्न गएको खुलेको छ । गोताखोर टोलीद्वारा बेपत्ताहरुको खोजी कार्य भईरहेको शसस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरीनघाटले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय