बुधबार, पुष २३, २०८२
मा प्रकाशित
1504
Shares
बर्दिया,पौष २३ / आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि नेकपा एमालेले दश जना उम्मेदवारको नाम सिफारिस गरेको छ । नेकपा एमालले निर्वाचन क्षेत्र नं.१ बाट पाँच र २ बाट पाँच जना गरी दश जना उम्मेदवारको नाम आइतबार सिफारिस गरेको हो ।
निर्वाचन क्षेत्र नं १ बाट शालिकराम अधिकारी, कपिल ज्ञवाली, शुरेस रेग्मी, शुष्मा थारू र गोविन्द थपलियाको नाम सिफारिस भएको छ ।
शालिकराम अधिकारी नेकपा एमाले बर्दियाका अध्यक्ष हुन् । यस्तै निर्वाचन क्षेत्र २ बाट विमला बिक, कुल प्रसाद पोख्रेल, शर्मा थारू, पंकज सिंह राठोर र शिवमणि शर्माको नाम सिफारिस भएको जनाईएको छ ।
