नेपालको लोकतान्त्रिक विकास र समृद्धिका " />
सक्षम नेतृत्व र उत्तरदायी राजनीतिक दल
शुक्रबार, पुष २५, २०८२ मा प्रकाशित

नेपालको लोकतान्त्रिक विकास र समृद्धिका लागि राजनीतिक दल र नेतृत्वको भूमिका निकै महत्वपूर्ण हुन्छ। लोकतन्त्रमा दलहरू केवल सत्ता प्राप्त गर्ने माध्यम मात्र नभई जनता र राज्य बीचको वैचारिक र प्रशासनिक पुल हुन्जसले नागरिकका आधारभूत चाहनालाई राज्यको ठोस नीति र कार्यक्रममा रूपान्तरण गर्छन्। एक सक्षम राजनीतिक दलले समाजका विविध आवाजहरूलाई सुन्ने मात्र होइनतिनीहरूलाई लोकतान्त्रिक ढङ्गले संगठित गर्ने र देशको भविष्यका लागि स्पष्ट वैचारिक मार्गचित्र तयार पार्नुपर्छ। राजनीतिक दल सार्वजनिक नीतिको प्रमुख स्रोत भएकाले यिनले विचारधाराजनभावना र राष्ट्रिय आवश्यकता बीच सन्तुलन मिलाई एजेन्डा निर्धारण गर्नुपर्छ। दलहरूले नागरिक शिक्षा र सामाजिक एकता कायम गर्दै लोकतान्त्रिक मूल्यप्रति आफ्ना तल्लो तहका कार्यकर्तालाई सचेत गराउँदा मात्र लोकतन्त्रको जग बलियो हुन्छ र विधिको शासनले सार्थकता पाउँछ।

देशको समग्र विकासमा राजनीतिक नेताहरूको भूमिका एक मार्गदर्शकउत्प्रेरक र दूरद्रष्टाको जस्तो हुनुपर्छ। नेता भनेको केवल चुनावी सभामा भाषण गर्ने व्यक्ति मात्र नभई जटिल राष्ट्रिय परिस्थितिमा सही निर्णय लिन सक्नेदीर्घकालीन दूरदृष्टि राख्ने र जनताको समस्यालाई आफ्नै ठानेर समाधान खोज्ने इमानदार सारथी हो। नेपाल जस्तो विकासोन्मुख र भू-राजनीतिक रूपमा संवेदनशील देशमा नेताहरूले आर्थिक विकाससामाजिक न्याय र सुशासनका लागि इमानदार प्रयास गर्दै राष्ट्रिय एजेन्डालाई संकुचित दलीय स्वार्थ भन्दा धेरै माथि राख्नुपर्छ। नेताले केवल अर्को चुनाव जित्ने अल्पकालीन रणनीति मात्र नबनाई अर्को पुस्ताको भविष्य सुनिश्चित गर्ने स्टेट्सम्यान‘ को छवि बनाउनु आजको अनिवार्य आवश्यकता हो। जबसम्म नेतृत्वमा देशप्रतिको निस्वार्थ त्याग र जनताप्रतिको वास्तविक जवाफदेहिता हुँदैनतबसम्म भौतिक पूर्वाधारदेखि मानवीय विकाससम्मका राष्ट्रिय लक्ष्यहरू केवल कागजमा र सरकारी दस्तावेजमा मात्र सीमित रहन्छन्।

एउटा सक्षम र दूरदर्शी नेतामा विशेष क्षमतासीपज्ञान र अनुभवको गहिरो संगम हुन आवश्यक छ। सबैभन्दा पहिले नेतामा देशको भौगोलिक संवेदनशीलतासामाजिक विविधता र आर्थिक धरातलको सूक्ष्म ज्ञान हुनुपर्छजसले गर्दा उनले बनाउने सार्वजनिक नीतिहरू वस्तुपरकवैज्ञानिक र व्यावहारिक हुन सकून्। नेतृत्व सीप अन्तर्गत सामूहिक कार्यप्रभावकारी सञ्चार र जटिल राजनीतिक तथा आर्थिक समस्या समाधान गर्ने क्षमता अपरिहार्य हुन्छजसले नीति निर्माणमा विषयगत विज्ञहरूको सहयोग लिन र उनीहरूलाई परिचालन गर्न सहज बनाउँछ। केवल शैक्षिक डिग्री वा प्रमाणपत्रले मात्र नेता सक्षम हुँदैनउनमा उच्च इमानदारिताअटल नैतिक चरित्र र संकटको घडीमा धैर्यता राख्ने आन्तरिक क्षमता हुनुपर्छ। नयाँ प्रविधिडिजिटल गभर्नेन्स र ग्लोबल ट्रेन्डसँग अपडेट रहने सीपले मात्र देशलाई आधुनिक विश्वको प्रतिस्पर्धामा दह्रोसँग उभ्याउन र समृद्धिको दिशामा तीव्र गतिमा डोर्याउन सघाउँछ।

नेपालको राजनीतिक इतिहासलाई गम्भीरतापूर्वक हेर्दा पुराना र ठूला दलहरूका नेताहरूमा त्याग र संघर्षको गौरवपूर्ण इतिहास भए पनि सत्ता सञ्चालनसेवा प्रवाह र डेलिभरीका मामलामा धेरै गम्भीर कमजोरीहरू देखिएका छन्। विगतमा नेताहरू केवल शक्ति संघर्षसत्ताको गणितीय जोडघटाउ र अन्तरदलीय गुटबन्दीमा बढी केन्द्रित भएकाले देशले स्थिर सरकारनीतिगत निरन्तरता र नतिजामुखी विकास पाउन सकेन। भ्रष्टाचारको संस्थागतीकरणनातावादकृपावाद र वैदेशिक मामिलामा अदूरदर्शी एवं अपरिपक्व नीतिका कारण आम नागरिकमा राजनीति र नेताप्रति ठूलो वितृष्णा एवं आक्रोश पैदा भएको छ। शिक्षास्वास्थ्य र रोजगारी जस्ता नागरिकका आधारभूत आवश्यकतामा गुणात्मक सुधार गर्नुको सट्टा सार्वजनिक संस्थाहरूलाई राजनीतिक भर्ती केन्द्र बनाउँदा देशको प्रशासनिक संयन्त्र निकै कमजोर र परनिर्भर बन्न पुग्यो। यिनै नीतिगत र नैतिक कमजोरीहरूका कारण जनताले पुराना शक्तिहरूबाट परिवर्तनको आशा मार्दै नयाँ विकल्प र वैकल्पिक राजनीतिको सशक्त खोजी गर्न थालेका हुन्।

वर्तमान समयमा नेपालमा नयाँ राजनीतिक दल र युवा नेताहरूको उदयले नागरिकमा आशाको सञ्चार त गरेको छतर तिनीहरू राष्ट्र सञ्चालनमा पूर्ण रूपमा सक्षम छन् वा छैनन् भन्ने कुरा अझै परीक्षण र अभ्यासकै क्रममा छ। नयाँ दलहरूले विशेष गरी सुशासनपारदर्शिताप्रविधिको उच्च प्रयोग र जनसेवामा तत्परता देखाएर युवा पुस्ताको मन जितेका छन्जसले दशकौदेखि कायम परम्परागत राजनीतिको सिन्डिकेट तोड्ने हिम्मत देखाएका छन्। यद्यपिकतिपय अवस्थामा यस्ता नयाँ शक्तिहरूमा नीतिगत स्पष्टतासांगठनिक परिपक्वता र गहिरो वैचारिक धरातलको अभाव खड्किएको देखिन्छजुन दिगो र स्थिर राजनीतिको लागि अत्यन्त आवश्यक छ। केही नयाँ अनुहारहरूले स्थानीय र संघीय तहमा आशालाग्दो कामको सुरुवात गरेका छन्जसले “सक्षम नेतृत्व भए परिवर्तन र विकास सम्भव छ” भन्ने विश्वास त दिलाएको छतर उनीहरू केवल सस्तो लोकप्रियता वा पपुलिजममा मात्र नलागी गम्भीर र दीर्घकालीन योजनामा केन्द्रित हुनुपर्छ।

आगामी निर्वाचनको संघारमा उभिएको नेपालका लागि अब कस्ता उम्मेदवार चयन गर्ने र दलले कस्तो नीतिगत घोषणापत्र ल्याउने भन्ने कुरा देशको भविष्यका लागि निर्णायक छ। दलहरूले उम्मेदवार छनोट गर्दा केवल चुनाव जित्ने “बाहुबली” वा “धनबली” र ठेकेदारहरूलाई मात्र प्राथमिकता नदिई सार्वजनिक नीति बुझेकोइमानदार र समृद्धिको स्पष्ट मार्गचित्र भएको व्यक्तिलाई अघि सार्नुपर्छ। निर्वाचन घोषणापत्र केवल मतदातालाई लोभ्याउने आश्वासनको पुलिन्दा मात्र नभई कार्यान्वयन योग्य नीतिगत प्रतिबद्धतासमयसीमा र स्रोत व्यवस्थापनको ठोस आधार सहितको दस्तावेज हुनुपर्छ। पार्टीले आफ्नो कार्यकर्ता पंक्तिबाट इमानदारस्वच्छ छवि भएका र सम्बन्धित क्षेत्रमा विशेष विज्ञता हासिल गरेका व्यक्तिहरूलाई टिकट दिएर आन्तरिक लोकतन्त्र र योग्यताप्रणाली को सम्मान गर्नुपर्छ। यदि दलहरूले आफ्ना नातेदारआसेपासे वा चन्दादातालाई मात्र प्राथमिकता दिने पुरानो र गलत शैली दोहोर्याए भने त्यसले लोकतन्त्रविधिको शासन र नागरिकको भरोसालाई थप जोखिममा पार्ने निश्चित छ।

देशको समग्र विकासका लागि आर्थिक क्रान्ति र सुशासन पहिलो अनिवार्य सर्त होजसमा राजनीतिक दलले स्पष्ट र कार्यान्वयनमुखी आर्थिक एजेन्डा प्रस्तुत गर्नुपर्छ। एउटा असल नेताले नेपालको तुलनात्मक लाभका क्षेत्रहरू जस्तै जलविद्युतउच्च मूल्यका जडिबुटीपर्यटन र कृषिको व्यवसायीकरणमा केन्द्रित आधुनिक नीतिहरू ल्याई वैदेशिक लगानी भित्र्याउने सुरक्षित वातावरण बनाउनुपर्छ। सुशासनको कुरा गर्दा भ्रष्टाचारमा शून्य सहनशीलतासरकारी सेवामा ढिलासुस्तीको अन्त्य र न्याय प्रणालीमा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्नु राजनीतिक नेतृत्वको प्रमुख दायित्व हो। जबसम्म राज्यका सबै संयन्त्रहरू पारदर्शीडिजिटल र जवाफदेही हुँदैनन्तबसम्म समृद्धिको नारा चुनावी भाषण र नारामा मात्र सीमित रहन्छ र लगानीकर्ताको आत्मविश्वास पनि कहिल्यै बढ्दैन। त्यसैलेसार्वजनिक सेवा प्रवाहलाई छिटो-छरितोझन्झटमुक्त र पूर्ण रूपमा प्रविधिमैत्री बनाउन सक्ने आधुनिक भिजन भएको नेतृत्व नै आजको संघीय लोकतान्त्रिक गणतन्त्रको प्रमुख आवश्यकता हो।

सामाजिक र सांस्कृतिक रूपमा विविधतायुक्त नेपाललाई भावनात्मक रूपमा जोड्न सक्ने साझासमावेशी र न्यायपूर्ण नेतृत्वको खोजी पनि उत्तिकै जरुरी छ। विगतमा कतिपय जातीय र क्षेत्रीय नाराले समाजमा केही दरारहरू पैदा गरे पनि अबको नेतृत्वले “नेपाली” पहिचानसामाजिक सद्भाव र भावनात्मक एकतालाई बलियो बनाउने नीतिगत एजेन्डालाई प्राथमिकतामा राख्नुपर्छ। सामाजिक न्यायको वास्तविक अर्थ केबल आरक्षण वा कोटा मात्र नभई अवसरको समानतापहुँचको सुनिश्चितता र पिछडिएका वर्गको वास्तविक उत्थानका लागि शिक्षा र स्वास्थ्यमा राज्यको लगानी र गुणस्तर बढाउनु हो। शिक्षा र स्वास्थ्य जस्ता मौलिक हकलाई नाफामूलक व्यवसायबाट सेवामूलक र गुणस्तरीय बनाउन सक्ने दह्रो राजनीतिक इच्छाशक्ति भएको नेताले नै आम नागरिक कल्याणको प्रत्याभूति दिन सक्छ। न्याय सम्पादनमा हुने ढिलासुस्ती र शक्ति केन्द्रहरूको अनावश्यक प्रभाव अन्त्य नगरेसम्म जनताले लोकतन्त्रको वास्तविक फल पाउन नसक्ने भएकाले न्यायपूर्ण समाज निर्माणको संकल्प बोकेको उम्मेदवार रोज्नुपर्छ।

भविष्यको नेपाल कस्तो हुने र विश्व मानचित्रमा हाम्रो स्थान कहाँ रहने भन्ने कुरा हामीले आज गर्ने चुनावी निर्णय र दलहरूले तय गर्ने वैदेशिक तथा राष्ट्रिय नीतिमा भर पर्छ। हामीलाई यस्तो नेतृत्व चाहिएको छ जसले विश्व राजनीतिमा नेपालको साख बढाउन सकोस्जलवायु परिवर्तनका मुद्दामा नेतृत्व लिन सकोस् र छिमेकी राष्ट्रहरूसँग सन्तुलित र राष्ट्रिय हित अनुकूलको सम्बन्ध राख्न सकोस्। युवाहरूको डरलाग्दो विदेश पलायन रोक्न स्वदेशमै उद्यमशीलताको वातावरण बनाउनेस्टार्टअपलाई सहयोग गर्ने र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने स्पष्ट नीतिगत मार्गचित्र नेतृत्वमा हुनुपर्छ। अबको नयाँ पुस्ताले केवल दलको अन्धभक्त भएर झण्डा बोक्ने र नारा लगाउने मात्र होइननेतृत्वलाई कडा प्रश्न गर्ने र चुनावी प्रतिबद्धताको जवाफ खोज्ने आँट र चेतना राख्नुपर्छ। राजनीतिलाई फोहोरी खेल भन्दै पन्छिनु भन्दा यसलाई आफै भित्र छिरेर सफा गर्न सक्षमशिक्षित र इमानदार मान्छेहरू नीति निर्माणको सर्वोच्च तहमा पुग्नु नै विद्यमान समस्याको वास्तविक समाधान हो।

निष्कर्षमानेपाल अबको दशकमा समृद्धिको शिखरमा पुग्ने कि अल्पविकसित अवस्थामै अल्झिरहने भन्ने कुरा नेतृत्वको क्षमतादलको वैचारिक स्पष्टता र नागरिकको विवेकपूर्ण मतदानमा निर्भर छ। हामीले विगतका गल्तीहरूनीतिगत विचलन र नैतिक पतनबाट गहिरो पाठ सिकेर वर्तमानमा सुधार गर्दै समृद्ध भविष्यको मार्गचित्र कोर्नका लागि सक्षम र उत्तरदायी प्रतिनिधि छान्न अब ढिला गर्नु हुँदैन। सक्षम नेतृत्वबलियो एवं जनमुखी सार्वजनिक नीति र सचेत नागरिकको त्रिकोणात्मक मिलनबाट मात्र नेपाल समृद्धशान्तसार्वभौम र न्यायपूर्ण राष्ट्र बन्न सक्छ। आगामी निर्वाचनमा भोट हाल्दा “हाम्रो मान्छे” वा पैसाप्रलोभन र शक्तिको प्रभावमा नपरी “राम्रो र सक्षम मान्छे” छान्ने चेतना हामी सबैमा हुनुपर्छजसले व्यक्तिगत स्वार्थ भन्दा राष्ट्रिय हित र नागरिक कल्याणलाई सर्वोपरी ठान्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय