बर्दियामा भोलिबाट चरा गणना सुरु हुँदै
आइतबार, पुष २७, २०८२ मा प्रकाशित

बर्दिया, पौष २७ / बर्दियामा भोलिबाट चरा गणना सुरु हुँदैछ । सोमबार र मंगलबार गरी दुई दिन बर्दियामा चरा गणना हुने भएको हो । बढैयाताल, सत्खुलवा ताल, बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्र, मध्यवर्ती क्षेत्र, सामुदायिक वनलगायत चरा देखिने ठाउँमा चरा गणना हुनेछ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष, होटल गाईड एसोशिएसन, नेचर गाइड, बर्दिया निकुञ्जलगायत संघ संस्थाको सहयोगमा दुई दिनसम्म चरा गणना गरिनेछ । चरा गणनाका लागि ३० जना संरक्षणकर्मी खटिने जनाईएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत अशोक कुमार रामको अध्यक्षतामा शनिबार बसेको बैठकमा चरा गणनाको लागि आश्यकता अनुसार सबै संघ संस्थाले सहयोग गर्ने निर्णय भएको निकुञ्जका संरक्षण अधिकृत एंवम् सूचना अधिकारी सरोजमणि पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय