सोमबार, पुष २८, २०८२
मा प्रकाशित
1087
Shares
बर्दिया, पौष २८(फरकसमाचार) / आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि निर्वाचन प्रहरीको आवेदन खुलेको छ । निर्वाचन प्रहरीको लागि आवेदन बुझाउने युवाहरुको आकर्षण देखिएको छ । गत शुक्रबार देखि निर्वाचन प्रहरीमा भर्ति हुन आवेदन बुझाउनेको जिल्ला प्रहरी कार्यालयमा भिडभाड देखिएको हो ।
जिल्लामा १ हजार ८ सय २६ निर्वाचन प्रहरीको आवश्कता रहेको डिएसपी देवेन्द्र कुमार मल्लले बताए । आवेदन खुलेको तेस्रो दिन आइतबार साँझसम्म १ हजार ५ सय ७० जनाको आवेदन दर्ता भएको डिएसपी मल्लले जनाए ।
गत शुक्रबार देखि जिल्ला प्रहरी कार्यालयले निर्वाचन प्रहरीको लागि आवेदन लिईरहेको छ । माघ १ गतेसम्म आवेदन लिने जनाईएको छ ।

