बर्दिया निर्वाचन क्षेत्र नं.२ बाट शर्माको नाम सिफारिस
मङ्गलबार, पुष २९, २०८२ मा प्रकाशित

बर्दिया,पौष २९ / नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)ले बर्दिया निर्वाचन क्षेत्र नंम्बर २ बाट निता शर्माको नाम सिफारिस गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि नेकपा (संयुक्त) ले सोमबार पत्रकार सम्मेलन गरी क्षेत्र नंम्बर २ बाट शर्माको नाम सिफारिस गरेको सार्वजनिक गरेको हो ।

पार्टी क्रियासिल रहेको बताउ“दै क्षेत्र नंम्बर २ बाट उम्मेदवारको नाम सिफारिस गरिसकेको नेकपा (संयुक्त) प्रचार विभागका प्रमुख दामोदर अर्यालले बताए । ‘क्षेत्र नंम्बर १ बाट उम्मेदवारको नाम टुग्यिाउन छलफल भईरहेको छ,’उनले भने,‘छिट्टै क्षेत्र नंम्बर १ बाट पनि उम्मेदवारको नाम टुग्यिाउने कोसिस भईरहेको छ ।’ नेकपा(संयुक्त)ले देशभरबाट समानुपातिकमा १ सय १० जनाको नाम सिफारिस गरिसकेको जनाए ।

नेपाली कम्युनिष्ट पार्टी र एकिकृत समाजवादीको एकता भएपछि एकिकृत समाजवादीका तत्कालीन महासचिव घनश्याम भुसालसहितको समुह नेकपा संयुक्तसंग एकिकरण गरी हाल नेकपा (संयुक्त) चुनाव चिन्ह हा“सिया रहेको प्रचार विभागका प्रमुख अर्यालले जाकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय