आइतबार, माघ ०५, २०८२
मा प्रकाशित
1956
Shares
बर्दिया,माघ ४ / आगामी प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन प्रहरीमा भर्ना हुन बर्दियामा ४४ सय जनाको आवेदन परेको छ ।
जिल्लामा १ हजार ८ सय २६ नेपाल प्रहरी र २ सय सशस्त्र प्रहरीका लागि गरी २ हजार २६ जना निर्वाचन प्रहरीको लागि आवेदन खुलेको थियो ।
पुस २५ देखि माघ १ गतेसम्म तोकिएको अवधिमा ४ हजार ४ सय जनाको आवेदन दर्ता भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी देवेन्द्रकुमार मल्लले बताए । माघ ५ गतेदेखि निर्वाचन प्रहरीको छनौट प्रक्रिया सुरु हुने डीएसपी मल्लले जानकारी दिए । आवेदन दिने अधिकांश युवायुवतीले रहेको उनले बताए ।

