आइतबार, माघ ०५, २०८२
मा प्रकाशित
1628
Shares
बर्दिया,माघ ४ / मोटरसाइकल र कार ठोक्किँदा शुक्रबार राति दुई युवाको ज्यान गएको छ । मधुवन –४ स्थित हुलाकी सडक खण्डमा ओराली बजारबाट ढोढरीतर्फ आउदै गरेको इभी गाडी र विपरीत दिशा बाट आएको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा ठाकुरबाबा– ५ शाहीपुर बस्ने २१ वर्षीय सुशीलकुमार थारु र सोही पालिका मानपुर बस्ने २५ वर्षीय करण थारुको मृत्यु भएको हो ।
टाउकोमा चोट लागेको दुवै घाइतेको बर्दिया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गाडी र चालक नियन्त्रणमा लिएको डिएसपी देवेन्द्र मल्लले जानकारी दिए ।

