माया जालमा पारेर ठगी गरेको आरोप
सोमबार, माघ ०६, २०८२ मा प्रकाशित

बर्दिया,माघ ५(फरकसमाचार) / बाँसगढीका एक पुरुषले माया जालमा पारेर ठगी गरेको एक महिलाले आरोप लगाएकी छिन् । बाँसगढी नगरपालिका–२ बेलवाका नबिन भन्ने गंगाराम डिसीले मायाको बहानामा आफुलाई ठगेको सोही वडाकी भिम कुमारी विकले आरोप लगाएकी हुन् । डिसीले माया गर्ने बहानमा आफ्नो जग्गा र नगद दुवै हड्पेको विकको आरोप छ । अहिले जग्गा र नगद हड्पेर उल्टै रकम लिएको झुठो मुद्दा हालेर डिसी फरार भएपछि आफु घर न घाटको भएको विकले बताएकी छिन् ।

विकका श्रीमान् राँगाको व्यापार गर्थे । श्रीमान् व्यापारी भएकाले रकम हड्प्ने चक्करमा डिसीले विकलाई माया जालमा फसाएका थिए । केही वर्षमा दुवै जनाको सम्बन्ध बारे श्रीमान्ले थाहा पाएपछि विकसंग उनको श्रीमान्ले सम्बन्ध विच्छेद गरेका थिए । विकलाई उनको श्रीमान्ले छोडेको ६ वर्ष भयो । सुरुमा डिसीले विकको नाममा रहेको दुई कठ्ठा जग्गामा मिल संचालन गर्ने उदेश्यले भाडामा लिएर नजिकिएका थिए ।

उक्त जग्गामा मिल लगाएर मेरो नाममा गर्दा डिसीले मन जितेको विकले बताईन् । ‘डिसीसंग मेरो अधिकारीक रुपमा विवाह नभए पनि सम्बन्ध राम्रै चलिरहेको थियो,’विकले भनिन्,‘त्यहि अन्तरालमा मेरो नाममा रहेको उक्त जग्गा बैंकमा राखेर ऋण लिने सल्लाह भयो, ऋण लिन उक्त जग्गा डिसीले आफ्नो आमाको नाममा सार्न लगाएँ र आफुसंग भएको नगद र विदेशबाट मेरो छोराले पठाएको रकम पनि डिसीले चलाए ।’

डिसीसंग ९ वर्ष सम्बन्ध राम्रै रहेको विकको भनाई छ । विकले जग्गा फिर्ताउन भनेपछि दुवै जनाको सम्बन्धमा खटपट सुरु भएको थियो । विगत १ वर्ष देखि सम्बन्ध बिग्रिएको विकको भनाई छ । ‘त्यति गर्दासमेत आफु चुपचाप लागेर नेपालगंज स्थित होटल खोलेर कमाउने र छोराको लागि अर्को ठाउँमा जग्गा किन्ने सोचमा थिए,’उनले भनिन्,‘तर चयनले बस्न दिदैन भनेर रकम लिएको भनेर म माथि उल्टै उसले मुद्दा दिएको छ ।

मुद्दा खेप्न दिनहुँको दौडधुपले खोलेको होटल बन्द गर्न बाध्य भएँ । सबै सम्पत्ति गुमाएको भनेर छोराले पनि तनाव दिईरहेको छ । आफु अहिले बहिनीको घरमा आश्रय लिन बाध्य भएको छु ।’ सम्पत्ति हिनामिना गरेर डिसी सम्पर्कमा छैनन् । आफु अन्यायमा परेको भन्दै विक यतिबेला मिडिया समक्ष हारगुहार गरिरहेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर