गुलरियामा विरोध प्रदर्शन
मङ्गलबार, माघ ०७, २०८२ मा प्रकाशित

बर्दिया,माघ ६(फरकसमाचार)/ आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको बहिष्कार गर्दै गुलरियामा विरोध प्रदर्शन गरिएको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र नेपाल कम्युनिष्ट पार्टी(बहुमत) संयुक्त संघर्ष समितिले आगामी निर्वाचन बहिष्कार गर्दै सोमबार गुलरियामा विरोध प्रदर्शन गरेको हो । विरोध ¥याली गुलरिया बजार परिक्रमा गरि राधाकृष्ण चोक स्थित कोण सभामा परिणत भएको थियो ।

विरोध ¥यालीका सहभागिले शिक्षा, स्वास्थ्य निःशुल्क, कृषि उपज राज्यबाट खरिद बिक्रीको व्यवस्था, जमिन माथीको जन्मसिद्ध अधिकार, विदेशमा रहेका श्रमिक नागरिकको मताधिकार सुनिश्चित र मिटर ब्याजीलाई कारवाही अनि निर्वाचन लेखेको प्ले कार्ड प्रदर्शन गर्दै नाराबाजी गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर