बर्दियामा नेकपाबाट चौधरी र पन्थ उम्मेदवार
मङ्गलबार, माघ ०७, २०८२ मा प्रकाशित

अभिनव कुमार पाठक

बर्दिया,माघ ६/ आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि नेपाली कम्युनिस्ट पार्टीले दुवै निर्वाचन क्षेत्रको उम्मेदवार सार्वजनिक गरेको छ । सोमबार पत्रकार सम्मेलन गरी निर्वाचन क्षेत्र नंंम्बर १ बाट बारबर्दिया नगरपालिका–५ धोबियाका बिष्णु प्रसाद चौधरी र २ बाट मधुवन नगरपालिका–४ का युवा नेता सुरेश पन्थलाई उम्मेदवार बनाईएको सार्वजनिक गरेको हो । क्षेत्र नंंम्बर २ बाट पन्थलाई आइतबार टिकट दिईएको थियो भने क्षेत्र नंम्बर १ बाट बामदेव गौतमले उम्मेदवार बन्ने चर्चा रहेपनि सोमबार चौधरीले टिकट पाएका छन् । चौधरी पुर्व थारु आयोगका अध्यक्ष एवंम् साविक क्षेत्र नंम्बर २ बाट निर्वाचित संविधान सभा सदस्य हुन् ।

यस्तै विसं २०७९ सालमा तत्कालीन एकीकृत माओवादीबाट बर्दिया–२ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा पन्थ थोरै मतान्तरले पराजित भएका थिए । उनी राजनीतिसंगै कृषि कर्मबाट जिल्ला स्थित नयाँ पहिचान बनाएका छन् । यस्तै नागरिक उन्मुक्ति पार्टी नेपालले निर्वाचन क्षेत्र नंम्बर १ बाट पुर्व मन्त्री अब्दुल खानलाई उम्मेदवार बनाएको छ । निर्वाचन क्षेत्र नंम्बर २ बाट जनमत पार्टीले आशिष चौधरीलाई उम्मेदवार बनाएको छ ।

एमालेले क्षेत्र नम्बर १ बाट शालिकराम अधिकारी र क्षेत्र नम्बर २ बाट विमला विकलाई उम्मेद्वार बनाएको छ । यस्तै नेकपा (संयुक्त)ले बर्दिया निर्वाचन क्षेत्र नम्बर १ बाट गुलरिया नगरपालिका–८ का ईन्द्रबहादुर रावल र क्षेत्र नम्बर २ बाट मधुवन नगरपालिका–४ की निता शर्मालाई अघि सारेको छ । कांग्रेसले सोमबार दिउँसोसम्म उम्मेद्वार टुंग्याउन सकेको थिएन । आज मंगलबार मनोनयन दर्ता गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर