हातहतियार बुझाउन बर्दिया प्रशासनको अनुरोध
बिहिबार, माघ ०९, २०८२ मा प्रकाशित

अभिनव कुमार पाठक

बर्दिया,माघ ८/ हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । व्यक्तिको नाममा दर्ता भई वैध रुपमा रहेका बन्दुक, राइफल, रिभल्भर, पेस्तोललगायतको हातहतियार तथा गोलीगठ्ठा माघ मसान्त भित्र नजिकैको प्रहरी चौकी वा प्रहरी कार्यालयमा बुझाउन प्रशासनले अनुरोध गरेको हो ।

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित, शान्तिपुर्ण तथा सौहार्दपुर्व वातावरणमा सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालय प्रतिबद्ध रहेको जनाईएको छ ।

निर्वाचनको समयमा समाजमा शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्न तथा कुनै प्रकारका डर त्रास वा दुरुपयोगको सम्भावनालाई न्युनिकरण गर्न हातहतियार प्रहरीलाई बुझाउन प्रशासनले सुचनामार्फत आग्रह गरेको छ । प्रहरीलाई बुझाईएका हातहतियार निर्वाचन सम्पन्न भएको एक महिना पछि सम्बन्धित व्यक्तिलाई फिर्ता दिईने जनाईएको छ । तोकिएको समयभित्र हातहतियार नबुझाएमा प्रचलित कानुन बमोजिम कारवाही हुन सक्नेसमेत प्रशासनले जारी गरेको सुचनामा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर