बर्दियामा चितुवाको आक्रमणबाट महिलाको मृत्यु
बिहिबार, माघ ०९, २०८२ मा प्रकाशित

बर्दिया,माघ ८ / बर्दियाको बारबर्दिया नगरपालिकामा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

बारबर्दिया नगरपालिका–११ की ५५ वर्षीया छिदनी थारुको चितुवाको आक्रमणबाट मृत्यु भएको हो ।

बुधबार दिउँसो सोही नगरपालिकाको बेलबारस्थित तोरीबारीमा काम गरिरहेको अवस्थामा चितुवाले आक्रमण गर्दा थारुको ज्यान गएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर