दुई दिनमा लागू औषधसहित पाँच पक्राउ
सोमबार, माघ १३, २०८२ मा प्रकाशित

अभिनव कुमार पाठक

बर्दिया, माघ १२/ दुई दिनमा लागू औषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । लागू औषधसहित बिहीबार दुई र शुुक्रबार तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

बाँसगढी नगरपालिका–५ स्थितबाट शुक्रबार दुई भारतीय नागरिकलाई लागु औषधसहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश बहराईचका २१ वर्षीय हर्षित यादव र २२ वर्षीय अंकित कुमार रहेका छन् । हर्षितले चलाएको भारतीय नंम्बर प्लेटको कारमा सवार रहेका अंकितलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा १ सय ३१ ग्राम ५ सय ४० मिलिग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै बढैयाताल गाउँपालिका–७ कण्ठपुर स्थित भारत देखि नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा जुम्ला तातोपानी गाउँपालिका–४ भई नेपालगञ्ज उपमहानगरपालिका–१८ बस्ने १९ वर्षीय कमल खत्री र जुम्ला चन्द्रनाथ नगरपालिका–१० गैरागाउँ बस्ने २९ वर्षीय राजुराज न्यौपानेलाई लागू औषधसहित प्रहरीले शुक्रबार पक्राउ गरेको हो । दुवै जनाको साथबाट ३ ग्राम ५ सय ३० मिलिग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो रङको गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

सोही दिन बढैयाताल गाउँपालिका–८ कण्ठपुर चेकपोष्ट स्थितबाट बाँसगढी नगरपालिका–८ घर भई हाल बढैयाताल नगरपालिका–७ बस्ने ५२ वर्षीय छोेटेलाल चौधरीलाई १ ग्र्राम ८ सय ८० मिलिग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो रङ्को गिलो पदार्थसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । तीन जनालाई इलाका प्रहरी कार्यालय मैनापोखरमा र दुई जनालाई इलाका प्रहरी कार्यालय मोतिपुरमा राखी आवश्यक अनुसन्धान भईरहेको डिएसपी देवेन्द्र कुमार मल्लले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर