अभिनव कुमार पाठक
बर्दिया, माघ १३/ राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहलाई गुलरियामा भव्य स्वागत गरिएको छ । चुनावी माहोल बनाउन जिल्ला दौडाहाको क्रममा सोमबार गुलरिया आएका बालेनलाई सर्मथकले भव्य रुपमा स्वागत गरेका हुन् ।

बाँसगढी, मैनापोखर हुँदै बालेन गुलरिया आएका थिए । गुलरियाको राधाकृष्ण चोकमा दिउँसो १ बजे देखि सर्मथकहरुको घुँईचो लागेको थियो । बालेन साढे ३ बजे गुलरिया पुगेका थिए । गाडीबाट हात हल्लाएर बालेन कैलालीतर्फ प्रस्थान गरेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्तालगायत बालेनलाई हेर्ने सर्वसाधारणहरुको बाक्लो उपस्थिती रहेको थियो । शाहले गाडीबाट हात हल्लाएर घण्टी बजाउँदै सर्वसाधारणको अभिवादन स्विकार गरेका थिए ।
नेपालगंज, बाँसगढी, मैनापोखर, गुलरिया, मधुवन र राजापुर हुँदै सोमबार साँझ बालेन कैलालीतर्फ प्रस्थान गरेका थिए ।

