शुक्रबार, माघ १७, २०८२
मा प्रकाशित
1906
Shares
अभिनव कुमार पाठक
बर्दिया,माघ १६/ चितुवाको आक्रमणबाट एक जना गम्भिर घाईते भएका छन् । चितुवाको आक्रमणबाट बारबर्दिया नगरपालिका–११ जब्दीका ५० वर्षीय प्रेम बहादुर घर्तिमगर बिहीबार घाईते भएका हुन् ।
बारबर्दिया नगरपालिका–११ स्थित रहेको जनमुक्ति सामुदायिक वनमा घाँस काट्न गएको बेला चितुवाले आक्रमण गरी मगरलाई घाईते बनाएको थियो ।
मगरको बायाँतर्फ घाँटीमा गहिरो चोट लागेको जनाईएको छ । बारबर्दिया नगर अस्पताल मनिकापुर स्थित घाईते मगरको सामान्य उपचारपछि थप उपचारको लागि नेपालगंज रिफर गरिएको प्रहरीले जनाएको छ । पछिल्लो समय जिल्ला स्थित चितुवाको आतंक बढेपछि स्थानीय त्रसित बनेका छन् ।

