मृत अवस्थामा चितुवा फेला
आइतबार, माघ १९, २०८२ मा प्रकाशित

बर्दिया, माघ १८(फरकसमाचार) / मृत अवस्थामा चितुवा फेला परेको छ । राजापुर नगरपालिका–४ स्थित डाँफे सामुदायिक वन क्षेत्रमा शनिबार चितुवा मृत अवस्थामा फेला परेको हो ।

मृत अवस्थामा चितुवा देखेपछि स्थानीयले सम्बन्धित निकायलाई जानकारी गराएका थिए ।

मृत अवस्थामा वयस्क पोथी चितुवा फेला परेको डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत राम गोपाल चौधरीले बताए । ‘घटना स्थलमा पुगेर मुचुल्का उठाईएको छ,’उनले भने,‘चितुवाको मृत्युको कारण खुलेको छैन । पोस्टमार्टम पछि कारण खुल्नेछ ।’

प्रतिक्रिया

सम्बन्धित खवर