सोमबार, माघ २०, २०८२
मा प्रकाशित
1207
Shares
बर्दिया,माघ १९ (फरकसमाचार)/ लेनदेन कसुरका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । गुलरिया नगरपालिका–११ का ४७ वर्षीय सुरेश अहिरलाई प्रहरीले बिहीबार पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।
विस २०८१ जेठ २ गते अदालतले लेनदेन मुद्दामा अहिरलाई ६ महिना कैद सजाय र नगद रु ५ हजार जरिवाना तोकेको थियो । अदालतले सजाय र जरिवाना तोकेदेखि अहिर फरार रहेका थिए ।
लुकिछिपि हिडिरहेको अवस्थामा अहिरलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि अदालतमा पेश गरिएको डिएसपी देबेन्द्र कुमार मल्लले जानकारी दिए ।

