बर्दिया, माघ २० (फरकसमाचार)/ प्रधानमन्त्री कप एक्स्ट्रिम इनर्जी ड्रिंक लुम्बिनी प्रदेशअन्तर्गत पुरुष एक दिवसीय क्रिकेट छनोट सोमबार देखि सुरु भएको छ । सोमबार भएको खेलमा बर्दियाका सुमित श्रेष्ठले आकर्षक ९० बलमा १ सय ८ रनको शतकीय पारी खेलेपछि बर्दियाले नवलपरासीलाई सात विकेटले पराजित गरेको थियो ।
सोमबार भएको अर्को खेलमा रूपन्देहीका देव खनालले ७५ रनको अर्धशतकीय पारी कपिलवस्तुलाई ७ विकेटले पराजित गरेको छ । लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजना मा सिद्धार्थ क्रिकेट र तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल मैदानमा लुम्बिनी प्रदेश स्तरीय छनोट खेल सुरु भएका छ । तिलोत्तमाको एक्स्ट्राटेकमा भएको खेलमा पहिले ब्याटिङ गरेको नवलपरासी ले ४९ ओभर ३ बलमा सबै विकेट गुमाएर २ सय ३५ रन मात्र बनाएको थियो ।
नवलपरासीका लागि जितेन्द्र केवटले ८१ बलमा ५५ रन, भरतकुमार मगरले ५१ बलमा ४२ रन, सम्राट भुसालले ३२ बलमा ३० रन
बनाएका थिए । बर्दियाको बलिङतर्फ निखिल खत्रीले ७ ओभर बलिङ गरेर २४ रन दिएर ३ विकेट र स्लोप चौधरीले १० ओभर बलिङ गरेर ३ विकेट लिए । जवाफमा बर्दियाले ४२ ओभर ३ बलमा ३ विकेट गुमाएर २ सय ३९ रन बनाउँदै बर्दियाले नवलपरासीलाई तीन विकेटले पराजित गर्यो । बर्दियाको जितमा सुमित श्रेष्ठले ९० बलमा १२ चौका र दुई छक्काको मद्दतले आकर्षक १ सय ८ रनको नकआउट शतकीय पारी खेले ।
साथै नितेष न्यौपानेले ३६ बलमा ४२ रन तथा हर्षल भण्डारी ३५ बलमा २९ रन र अशिम गिरीले ५० बलमा २९ रन जोडेका थिए ।
बलिङमा नवलपरासीका सुमित थापाले २ तथा भरतकुमार मगरले १ विकेट लिए । खेलको सुमित श्रेष्ठ प्लेयर अफ द म्याच भए । साथै
अर्को खेलमा रूपन्देहीले कपिलवस्तुलाई ७ विकेटले पराजित गरेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा पहिले ब्याटिङ गर्दै कपिलवस्तुले निर्धारित ५० ओभरमा ३७ ओभर १ बलमा अलआउट हुँदै १ सय ८ रन जोड्यो ।
कपिलवस्तुका रौनक श्रीवास्तवले ३१, मोहम्मद सहबाज मुसलमानले २४ र शिव कुँवरले २० रन बनाए । बलिङतर्फ रूपन्देहीका मौसम ढकालले ५ तथा अजय चौहानले २ विकेट लिए । रूपन्देहीले १२ ओभर ३ बलमा ३ विकेट गुमाएर लक्ष्य प्राप्त ग¥यो । रूपन्देहीको जितमा देव खनालले ७५ रनको अर्धशतकीय पारी खेले । आकाश त्रिपाठीले १८ रन जोडे । कपिलवस्तुका महेश भरले २ र जीवन मौर्यले १ विकेट लिए ।
बर्दियाको जितमा सुमित श्रेष्ठले ९० बलमा १२ चौका र दुई छक्काको मद्दतले आकर्षक १ सय ८ रनको नकआउट शतकीय पारी खेलेर म्यान अफ द म्याच समेत घोषित भएका थिए ।

