वडा कार्यालयद्वारा सरसफाइ सामाग्री हस्तान्तरण
शनिबार, फागुन ०९, २०८२ मा प्रकाशित

कृष्ण प्रसाद भुसाल, बर्दिया,फागुन ९/ गुलरिया नगरपालिका १ नंम्बर वडा कार्यालयले सरसफाइ सामाग्री हस्तान्तरण गरेको छ । वडा कार्यालयले गुलरिया नगरपालिका–१ स्थित रहेको शिवशक्ति सरसफाइ तथा फोहोर व्यवस्थापन समितिलाई शुक्रबार सामाग्री हस्तान्तरण गरेको हो । गुलरिया नगरपालिका–१ का वडा अध्यक्ष जोगीराम थारुले समितिका सदस्य अर्जुन भुसाललाई सरसफाइका सामाग्री हस्तान्तरण गरेका छन् । २ थान फरुवा,२ थान बेल्चा, १० वटा कुचो र मास्क हस्तान्तरण गरिएको छ । सरसफाइ तथा फोहोर व्यवस्थापन समितिले खैरापुर बजार क्षेत्र सरसफाई गर्दै आएको समितिका सदस्य भुसालले बताए । ‘समितिमा प्रयाप्त सामाग्री नहुँदा सरसफाइ गर्न असहज भईरहेको थियो,’उनले भने,‘वडाले सरसफाइको थप सामाग्री उपलब्ध गराउँदा अब सहज हुनेछ ।’ सामाग्री हस्तान्तरणमा वडा सदस्य प्रेम प्रसाद यादवलगायत स्थानीयहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय