बर्दिया–२ः नेकपा उम्मेदवार पन्थ विरुद्ध भ्रमक समाचारको खेती
शनिबार, फागुन ०९, २०८२ मा प्रकाशित

बर्दिया, फागुन ९ (फरकसमाचार) / बर्दिया निर्वाचन क्षेत्र नं २ का उम्मेदवार सुरेश पन्थले सामाजिक सञ्जालमार्फत आफ्नो व्यक्तिगत जीवनसँग सम्बन्धित भ्रामक तथा चरित्रहत्या गर्ने उद्देश्यले सामग्री फैलाइएकाले सत्य तथ्य बुझ्न मतदातालाइ आग्रह गरेका छ्न् ।

पन्थले सामाजिक सञ्जालमार्फत आफ्नो व्यक्तिगत जीवनसँग सम्बन्धित भ्रामक तथा चरित्रहत्या गर्ने उद्देश्यले सामग्री फैलाइएको भन्दै सम्बन्धित निकायमा उजुरी समेत दिएका छन् । उम्मेदवारले आफ्नो र श्रीमतीबीच सम्बन्ध विच्छेद भएको भन्ने जस्ता आधारहीन र भ्रामक समाचार फैलाइएकोप्रति आपत्ति जनाउँदै यस्तो कार्य निन्दनीय भएको बताएका छन् । सामाजिक सञ्जालमा फैलाइएको उक्त प्रचारले व्यक्तिगत प्रतिष्ठामा आँच पुग्नुका साथै चुनावी वातावरणसमेत प्रभावित पार्ने प्रयास गर्न खोजेको उनको आरोप छ । यसअघि पनि सामाजिक सञ्जालमा आफू कालोसूचीमा परेको भन्ने आरोप लगाउँदै गरिएको प्रचारप्रति उनले विरोध जनाएका थिए । साथै, एक महिलाले पैसा लिएको आरोप लगाउँदै सामाजिक सञ्जालमा बदनाम गराउने प्रयास गरेको भन्दै समेत उम्मेदवारले उजुरी दिएको जनाइएको छ ।

उम्मेदवारले सामाजिक सञ्जालमा फैलाइएका आधारहीन हल्ला र चरित्रहत्या गर्ने प्रयास लोकतान्त्रिक संस्कार र चुनावी मर्यादाविपरीत भएको बताएका छन् । निर्वाचन स्वच्छ प्रतिस्पर्धा, विचार र एजेन्डामा आधारित हुनुपर्ने उल्लेख गर्दै व्यक्तिगत जीवनमा प्रहार गरेर राजनीति नगर्न उनले आग्रह गरेका छन् । यस्ता दुष्प्रचारमा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइने चेतावनी दिँदै उम्मेदवारले मतदातालाई भ्रामक प्रचारमा नपरी सत्य तथ्यका आधारमा निर्णय गर्न आग्रह गरेका छन् । उनले स्वच्छ चुनाव र सभ्य राजनीतिक संस्कार कायम गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने आवश्यकता औंल्याएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय