बुधबार, फागुन १३, २०८२
मा प्रकाशित
1001
Shares
बर्दिया,फागुन १३ / जिल्लाको गुलरिया नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष सर्वजित यादवको निधन भएको छ । यादवको मंगलबार बिहान निधन भएको हो ।
गुलरियाका नगर प्रमुख मुक्तिनाथ यादवका अनुसार वडाध्यक्ष यादवको हृदयाघातका कारण मृत्यु भएको हो । घरमा हृदयघात भएपछि उनलाई अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।
४४ वर्षीय यादव एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । अध्यक्ष यादवको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै गुलरिया नगरपालिकाले मंगलबार शोक बिदा दिएको थियो ।

