बर्दिया–२ की उम्मेदवार बिमला विकद्वारा प्रतिवद्धता पत्र सार्वजनिक
बुधबार, फागुन १३, २०८२ मा प्रकाशित

बर्दिया,फागुन १३(फरकसमाचार) / निर्वाचन क्षेत्र नंम्बर २ नेकपा एमालेकी उम्मेदवार बिमला विकले आफ्नो चुनावी प्रतिवद्धता पत्र सर्वजनिक गरेकी छन् । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि जनताको प्रमुख समस्यालाई समेटेर उम्मेदवार विकले मंगलबार प्रतिवद्धता पत्र सार्वजनिक गरेकी हुन् ।

समृद्धि,विकसित र सुखी बर्दिया बनाउनको लागि यहाँका प्रमुख समस्यालाई समाधान गर्ने गरी प्रतिबद्धता पत्र सार्वजनिक गरेको निर्वाचन क्षेत्र नंम्बर २ की उम्मेदवार बिमला बिकले बताईन् । ‘युवाहरुको लागि सिपमुलक कार्यक्रम ल्याई स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न प्राथमिकता दिईनेछ,’उनले भनिन्,‘यसैगरी प्रमुख समस्या वन्यजन्तु द्वन्द्व न्युनिकरण गर्नुपर्ने छ, वन्यजन्तुको आतंक बढ्दा सर्वसाधारण त्रसित छन् । यो समस्या न्युनीकरण नगरे यहाँका जनताहरु सुखले बस्न सक्दैनन् । निकुञ्जको वन्यजन्तुलाई उचित व्यवस्थापन गर्ने र बस्तीलाई वन्यजन्तुबाट सुरक्षित गर्न सकिने प्रतिबद्धता गरेका छौं ।’

किसानहरुको समस्या समाधान गर्ने, भुमिहिन र अव्यवस्थितको समस्या समाधान गर्ने कार्यलाई प्राथमिकता राखेका छौं । यस्तै यस निर्वाचन क्षेत्रको हरेक पालिकामा एउटा सिपमुलक शिक्षा, प्रभावकारी स्वास्थ्यको लागि हाम्रो विशेष पहल रहने उनले जनाईन् ।

नवयुवा पुस्ता रोजगारी र आर्थिक सशक्तिकरण, मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन, कृषि आधुनिकीकरण, महिला अधिकारसहित सशक्तिकरण, दलित भूमिहिन सुकुम्बासी र पछाडि पारिएका समुदाय, शिक्षा र स्वास्थ्य पहुँच मात्र होइन गुणस्तर, भौतिक पूर्वाधार विकास, सुशासन र पारदर्शिता, आदिवासी थारु समुदाय सशक्तिकरणलाई प्राथमिकता दिने सार्वजनिक गरिएको प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय