मृत अवस्थामा चितुवा फेला
शुक्रबार, फागुन १५, २०८२ मा प्रकाशित

बर्दिया, फागुन १५ / मृत अवस्थामा चितुवा फेला परेको छ । बारबर्दिया नगरपालिका–१० तेरहवा सामुदायिक वनमा बिहीबार बिहान मृत अवस्थामा भाले चितुवा फेला परेको हो ।

वनभित्र मृत अवस्थामा चितुवा देखेपछि स्थानीयले डिभिजन वन कार्यालयलाई खबर गरेका थिए । फेला परेको चितुवाको शरीरमा बाहिरी चोट पटक खासै नदेखिएकोले मृत्युको कारण खुल्न नसकेको डिभिजन वन कार्यालयले जनाएको छ ।

यस्तै बिहीबार बिहान चितुवाको आक्रमणबाट गुलरिया नगरपालिका–७ चौगुर्जीका ४५ वर्षीय मधुसुदन गोडिया घाईते भएका छन् । गहुँ बारी हेर्न गएको बेला चितुवाले आक्रमण गर्दा गोडियाको हात र टाउँकोमा चोट लागेको जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय