बर्दियामा मदिरा बिक्री तथा सेवनमा रोक
शुक्रबार, फागुन १५, २०८२ मा प्रकाशित

बर्दिया, फागुन १५(फरकसमाचार) / आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै प्रशासनले मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन मादक पदार्थ बिक्री वितरण तथा सेवनमा प्रशासनले रोक लगाएको हो । हिजो बिहीबार (फागुन १४ गते) राती १२ बजेदेखि फागुन २१ गते राती १२ बजेसम्म मादक पदार्थ बिक्री वितरणमा रोक लगाईएको प्रशासनले सुचनामार्फत जनाएको हो ।

निर्वाचन सुरक्षा निर्देशिका, २०७८ र प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०८२ मा भएको व्यवस्था र सर्वदलीय सर्वपक्षीय बैठकको निर्णय अनुसार मादक पदार्थ बिक्री तथा सेवनमा रोक लगाईएको जनाईएको छ । रोक लगाईएको विपरीत कार्य गरे गराएको पाईएमा कानुन बमोजिम कारवाही गरिने प्रशासनले जारी गरेको सुचनामा उल्लेख छ ।

यस्तै निर्वाचन भयरहित वातावरणमा सम्पन्न गराउने उदेश्यले फागुुन १८ गते राती १२ बजेदेखि फागुन २१ गते राती १२ बजेसम्म जिल्लाको अन्तर्राष्ट्रिय सीमा नाकाबाट आवागमन बन्द गरिने प्रशासनले जनाएको छ । यस्तै फागुन २० गते राती१२ बजेदेखि फागुन २१ गते राती १२ बजेसम्म अत्यावश्यक सवारी साधन (दमकल, एम्बुलेन्स, अस्पताल÷स्वास्थ्य सेवा, दुरसंचार सेवा, विद्युत सेवा, शव वाहन, कुटनीतिक नियोगका सवारी साधन र निर्वाचन प्रयोजनको लागि अनुमति प्राप्त सवारी साधन) बाहेक अन्य सवारी साधन संचालनमा रोक लगाईने प्रशासनद्वारा जारी सुचनामा खुलाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय