आज राती देखि सीमा नाका सील हुने
सोमबार, फागुन १८, २०८२ मा प्रकाशित

बर्दिया, फागुन १८(फरकसमाचार) / आज राती देखि सीमा नाका पुर्ण रुपमा सील हुनेछ । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन प्रशासनले आज सोमबार (फागुन १८ गते) राती १२ बजे देखि सीमा नाका सील गरेको हो ।

यस अवधिमा नाकाबाट आवागमनमा रोक लगाईनेछ । उक्त सीमा नाका फागुन २१ गते(बिहीबार) राती १२ बजे देखि संचालन हुने प्रशासनले जनाएको छ ।

यस्तै फागुन २० गते राती १२ बजेदेखि फागुन २१ गते राती १२ बजेसम्म अत्यावश्यक सवारी साधन (दमकल, एम्बुलेन्स, अस्पताल/स्वास्थ्य सेवा, दुरसंचार सेवा, विद्युत सेवा, शव वाहन, कुटनीतिक नियोगका सवारी साधन र निर्वाचन प्रयोजनको लागि अनुमति प्राप्त सवारी साधन) बाहेक अन्य सवारी साधन संचालनमा रोक लगाईने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर