‘विपन्नको पहिचान गरी सुविधा कार्डको व्यवस्था गरिने’
सोमबार, फागुन १८, २०८२ मा प्रकाशित

अभिनव कुमार पाठक

बर्दिया,फागुन १८/ गरिबी रेखामुनि रहेका वर्गको पहिचान गरी सुविधा कार्डको व्यवस्था गरिने निर्वाचन क्षेत्र नंम्बर १ का उम्मेदवार बिर बहादुर कामीले बताएका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा आफु निर्वाचित भएपछि विपन्न वर्गको पहिचान गरी क, ख, ग र घ स्तरको आधारमा राज्यले दिने सेवा सुविधाको व्यवस्था ल्याउने उम्मेदवार कामीले बताएका हुन् ।

यस्तै जिल्लाको मुख्य समस्याको रुपमा रहेको वन्यजन्तुको आक्रमणबाट जनतालाई जोगाउन ठोस नीति ल्याउने मुख्य एजेन्डा रहेको उनले बताए । ‘स्थानीय स्तरमा उपलब्ध प्राकृतिक स्रोतहरु साधनको अधिकतम प्रयोग गरी देशलाई समृद्धि बनाउने योजनासहित अघि बढेका छौं,’उनले भने,‘किसानहरुको समस्या पनि हाम्रो प्राथमिकतामा छ, खेती गर्ने सिजनमा मलको सास्ती व्यहोर्नु परेको छ,जसले गर्दा मलकारखाना स्थापना गर्नुपर्नेछ ।’

यस्तै देशमा रु एक लाखमा मोटरसाइकल किन्न पाउनु पर्ने र आजीवन कर मिनाहाको लागि पहल गरिने अर्को एजेन्डा रहेको उनले जनाए । भारतमा सास्तोमा पाईने मोटरसाइकलमा नेपाल सरकारले तेब्बर कर लगाएर महंगो बनाएको छ,त्यसलाई हटाउन हाम्रो प्रयास रहनेछ । युवा पुस्ताको आवश्यकता र चाहनालाई प्राथमिकतामा राखी अघि बढ्ने सोच बनाएको उनले धारणा राखे ।

निःशुल्क आधारभुत सेवा, स्वास्थ्य, शिक्षा र स्वदेशमा रोजगारी सिर्जना गर्ने, भष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने कार्यलाई प्राथमिकतामा राखिएको जनाईएको छ ।

देशमा रहेका विभिन्न जातजातिलाई समेटेर नेपाली बनाएर अघि बढिरहेको समानुपातिक उम्मेदवार अम्मर परियार आर्यले बताए । ‘राष्ट्रिय निर्माता पृथ्वीनारायण शाहको दिव्य उपादेश हाम्रो मार्गदर्शन बनेको छ,’उनले भने,‘जातिय एजेन्डा बोकेर राजनीतिक दलले गरिरहेको राजनीतिको अन्त्य गर्न हामी लागिरहेका छौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय